यतिबेला जी–७ देशका नेताहरु जापानमा आजैदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका छन्। सोही सिलसिलामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी जी–७ देशका नेताले रुसमाथि थप कडा प्रतिबन्ध लगाउनेबारे कुराकानी गरेका छन्। यसै हप्तान्तमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सम्मेलनमा भाग लिन हिरोसिमा पुगेर केही विषय राख्नेछन्। त्यसका लागि उनले नाटकीय रुपमा व्यक्तिगत यात्रा तय गर्ने बताइएको छ। सम्मेलनमा उनले रुसी आक्रमणविरुद्ध सैन्य सहयोगका लागि अपिल गर्नेछन्।
पश्चिमा नेताले रुसी आक्रमणलाई आर्थिक सहायता रोकेका बेला रुसमाथिका नयाँ प्रतिबन्ध कमजोरी हटाउन र अप्रयुक्त उद्योगको पछाडि लाग्न डिजाइन गरिएको हो।
युक्रेनका नाममा जी–७ को एउटा सत्र शुक्रबार (आजै) दिउँसोका लागि तय गरिएको थियो। युक्रेनी सेनाले प्रत्याक्रमणको तयारी गरिरहँदा जी–७ देशका नेताहरुबीच छलफलको केन्द्रबिन्दु हुने अपेक्षा गरिएको थियो। तर व्यक्तिगत रुपमा सम्बोधन गर्न जेलेन्स्की जापान कहिले पुग्छन् भन्ने ठ्याक्कै यकिन छैन। गत हप्ता युरोपको भ्रमणमा रहेका र त्यसपछि युक्रेनमा झनै युद्ध चर्किएपछि उनी आफ्नो देशबाहिरको यात्रामा बढी व्यस्त देखिएका छन्।
युक्रेनदेखि हिरोसिमासम्मको यात्रा, जहाँ विश्वका शक्तिशाली लोकतान्त्रिक नेता भेला भइरहेका छन्, त्यहाँ युक्रेनले भोगेको १४ महिने रुसी आक्रमणको समर्थनलाई बलियो बनाउने जेलेन्स्कीको इच्छालाई जोड दिने आकलन छ।
सम्मेलनकै क्रममा अमेरिकाले निर्यात नियन्त्रणमा कडाइ गर्ने बताएको छ। उसले ‘युद्ध मैदानमा आवश्यक पर्ने महत्वपूर्ण सामाग्रीलाई कडा रुपमा प्रतिबन्ध गर्ने’ भनेको छ। यस्तै व्यक्ति, संस्था र विमानविरुद्ध करिब ३०० नयाँ प्रतिबन्ध घोषणा गर्नेछ। यसबाहेक अमेरिकाले युरोप, मध्यपूर्व र एसियामा नयाँ पद राखी रुसको अर्थतन्त्रलाई अझ कमजोर बनाउन आफ्नो प्रतिबन्ध अधिकारलाइै अझै विस्तार गर्नेछ।
बेलायतले मस्कोविरुद्ध पछिल्लो प्रतिबन्धअन्तर्गत रुसी हीरा आयात गर्नेछैन। यसको उद्देश्य भनेको रुसका केही बाँकी निर्यात उद्योगमध्ये एकलाई प्रतिबन्ध लगाउनु रहेको छ, जुन पहिलेदेखि नै पश्चिमा प्रतिबन्धबाट अपेक्षाकृत मुक्त थियो। डाउनिङ स्ट्रिटका अनुसार रुसी हीरा उद्योगको निर्यात सन् २०२१ मा ४ अर्ब डलरको थियो। बेलायती प्रधानमन्त्री कार्यालयले अनुसार रुसी तामा, आल्मुनियम र निकेलको आयातमा पनि बेलायतको कानुनअनुसार प्रतिबन्ध लगाउने विज्ञप्तिमार्फत भनेको छ।
सम्मेलनको पहिलो दिनको वार्तामा जी–७ समूहले रुसमा कडा प्रतिबन्ध थपने अपेक्षा गरिएको छ। यसैगरी युक्रेन, चीन र आर्टिफिसियल इन्टेलिजेन्सका मुद्दाबारे पनि उनीहरुले विस्तृत छलफल गर्नेछन्।
सिएनएनबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै