“महदिया माध्यमिक विद्यालयको छात्रावासमा भएको आगलागीको बारेमा हामी तपाईलाई हृदयविदारक अपडेट ल्याएकोमा धेरै दुःख व्यक्त गर्दछौ । त्यो आगोमा हामीले धेरै सुन्दर आत्माहरू गुमायौं। मृत्यु हुनेको संख्या हाल २० रहेको छ, जबकि अन्य धेरै घाइते भएका छन्, ” विज्ञप्तिमा भनिएको छ।
क्षेत्रीय स्वास्थ्य अधिकारीहरूलाई थप चिकित्सा आपूर्ति र मेडिभ्याकहरूको साथ सहयोग गर्न पाँचवटा विमानहरू महदियाको लागि उडान भइसकेको सरकारले बिज्ञप्तिमा जनाएको छ। सात बच्चाहरू जर्जटाउनमा मेडिभ्याक हुन तयार छन्।
विज्ञप्ति भनिएको छ ” प्रधानमन्त्रीले मन्त्रिपरिषद् र अन्य अधिकारीहरूको टोलीको नेतृत्व मढियामा गरिरहेका छन् जबकि मन्त्री बेन पहिले नै घटनास्थलमा पुगेका छन्। राष्ट्रपति र अन्य अधिकारीहरूले गम्भीर बिरामीहरूको खोजी र उपचार गर्न तथा उद्वार कार्यको आपतकालीन योजना समन्वय गर्न ओग्लेको प्रयासलाई समर्थन गरिरहेका छन्। एक पूर्ण स्केल चिकित्सा आपतकालीन कार्य योजना सुरु गरिएको छ। हामी हाम्रो प्रार्थना यी बच्चाहरु, उनीहरुको परिवार र समुदायहरु संग जारी रहेको अनुरोध गर्दछौं।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा
- काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?
- बिबिसीको कार्यवाहक अध्यक्षमा डेम एलन
- हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा
- अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
- ५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
- मिटरब्याजीविरुद्ध मलंगवाबाट सबैभन्दा धेरै उजुरी
- दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी, एक–अर्काका सेनालाई दोष
- दाहाल–मोदी वार्तामा छुटेको सीमा विवाद र गोर्खा भर्तीको विषय
- वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई