सुपर टाइफुन मवार अमेरिकातर्फ बढ्दै तीव्र गतिमा फैलिएको छ। विनाशकारी आँधीबेरी, उच्च हावा , वर्षा र बाढीका साथ क्षेत्र गुआम २० वर्ष भन्दा बढीको सबैभन्दा शक्तिशाली हुन सक्ने मौसम अधिकारीहरूले अनुमान गरेका छन् । यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले कंक्रिटले नबनेका घरका बासिन्दाहरूलाई आकस्मिक आश्रयहरूमा सर्न निर्देशन दिएका छन्।
गुआमको राष्ट्रिय मौसम सेवा, साथै गुआमको उत्तर-उत्तरपूर्व करिब ४० माईल टाढा रहेको टापु रोटाले टाइफुनको चेतावनी जारी गरेको छ। मौसम अधिकारीका अनुसार सुपर टाइफुन मावारको केन्द्र हाल गुआमको दक्षिण-दक्षिणपूर्वमा छ, उत्तर-उत्तरपश्चिम तर्फ सर्दैछ।
मंगलबार (अमेरिकी पूर्वी डेलाइट टाइम) मवार आँधी एक “सुपर टाइफुन” बन्यो, जसको मतलब यो कम्तिमा १५० माइल प्रति घण्टाको हावा हो। त्यो बलियो श्रेणी ४ आँधीको बराबर छ । यो गुआम नजिक भएकाले मावारले कम्तिमा श्रेणी ५ को शक्तिमा हिर्काउन सक्ने मौसम अधिकारीले अनुमान गरेका छन् । एक बिज्ञप्ति सन्देशमा गभर्नर लु लियोन गुरेरोले मानिसहरूलाई शान्त रहन र मावार आँधीका लागि तयार रहन आग्रह गरेका छन् ।
मौसम विभागका अनुसार टाइफुन मावर मे २४ को मध्याह्नतिर गुआमको दक्षिणी भागमा पुग्ने अनुमान गरिएको छ। खतरालाई ध्यानमा राख्दै गभर्नरले नेशनल गार्डलाई तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई बाहिर निकाल्न मद्दत गर्न आदेश दिएका छन्।
श्रेणी ३ आँधीको केन्द्र मंगलबार गुआमबाट १९५ माइल (३१३. ८ किलोमिटर) दक्षिणपूर्वमा थियो, मौसम विभागका अनुसार,यो आँधी ९ देखि १० माइल प्रतिघण्टामा उत्तरपश्चिममा सर्दैछ । मौसम अधिकारीहरूका अनुसार यो १४० माइल प्रति घण्टा (२२५ किलोमिटर) को गतिमा श्रेणी ४ आँधीको रूपमा ल्यान्डफल गर्ने अनुमान गरिएको थियो। हावा प्रति घण्टा १५० माइल पुग्न सक्ने गभर्नर गुरेरोले आफ्नो बिज्ञप्तिमा जनाएका छन् ।
बुधबार बिहानसम्म ८१ देखि ११० माइल प्रतिघण्टाको टाइफुन आँधीको सम्भावनाका साथै स्थानीय रूपमा बढी मात्रामा ८ देखि १५ इन्चसम्म वर्षा हुने सम्भावना रहेको गभर्नरको अफिसले जनाएको छ।
विनाशकारी आँधीलाई ध्यानमा राख्दै गभर्नरले गुआममा आज दिउँसो १:०० बजेदेखि लकडाउन लागू गर्ने आदेश जारी गरेका छन्। यसका साथै तल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई साँझ ६ बजेसम्म घर छाड्न र उच्च स्थानमा सर्न अपिल गरिएको छ । आँधी आउनुअघि मानिसहरूले पानी, जेनेरेटर, खाद्यान्न र अत्यावश्यक सामग्रीको भण्डारण गरिरहेका छन्। काठ र टिनले बनेका घरहरू यथाशीघ्र खाली गर्न निर्देशन दिइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा
- काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?
- बिबिसीको कार्यवाहक अध्यक्षमा डेम एलन
- हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा
- अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
- ५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
- मिटरब्याजीविरुद्ध मलंगवाबाट सबैभन्दा धेरै उजुरी
- दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी, एक–अर्काका सेनालाई दोष
- दाहाल–मोदी वार्तामा छुटेको सीमा विवाद र गोर्खा भर्तीको विषय
- वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई