भारतको राजधानी नयाँ दिल्ली र उत्तरी भारतका केही भागहरूका बासिन्दाले यस वर्षकै सबैभन्दा चर्को गर्मीको लहरको सामना गरिरहेका छन्। असहनीय गर्मीले मानिसहरूको जीवन कष्टकर बनाएकाले धेरै बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध लगाइएको छ। यो हप्ता नयाँ दिल्लीमा सोमबार रेकर्ड गरिएको तापमान ४६.२ डिग्री सेल्सियसको चरम सीमामा पुगेको थियो , जबकि मंगलबार ४३ डिग्रीको तापक्रम मापन गरिएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले तातो हावा चलिरहेको गर्मीको लहरको एक हिस्सा भएको जुन आगामी दिनमा वर्षा र हावाको आगमनसँगै कम हुन सुरु हुने बताएको छ। हालैका दिनहरूमा बिस्तारै बढ्दै गएको अत्यधिक गर्मीको लहर, बेमौसमी वर्षा, आँधीबेहरी र तापक्रममा तीव्र गिरावटको असामान्य अवस्था पछिको परिणाम भएको जनाइएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले उत्तरी राज्यहरू उत्तराखण्ड, पञ्जाब र हरियाणाका साथै भारतको राजधानीमा ६० किलोमिटर प्रतिघण्टासम्मको गतिमा पुग्ने हल्का चट्याङ र तेज हावा चल्ने सम्भावनाका साथ बुधबार तापक्रममा उल्लेख्य गिरावट आउन सक्ने बताएको छ। गत वर्ष, उत्तरपश्चिम र मध्य भारतमा सबैभन्दा बढी तापक्रम अप्रिलमा रेकर्ड गरेको थियो जुन १२२ वर्ष पहिले रेकर्ड भएको थियो। त्यस बेला देशको ठूलो भागलाई असर गर्दै व्यापक गर्मीको लहर महसुस गरिएको थियो ।
अत्यधिक मौसमी अवस्था र बेमौसमी र अनियमित वर्षाले जनसंख्याको स्वास्थ्य बाहेक बाली र यसको कृषिमा निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने मौसम विद हरुले बताएका छन् । भारतीय मौसमविद्हरूले २०२१ मा प्रकाशित गरेको अनुसन्धानका अनुसार विगत ५० वर्षमा अत्यधिक गर्मीका कारण १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
जिएनबीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै