भारतको राजधानी नयाँ दिल्ली र उत्तरी भारतका केही भागहरूका बासिन्दाले यस वर्षकै सबैभन्दा चर्को गर्मीको लहरको सामना गरिरहेका छन्। असहनीय गर्मीले मानिसहरूको जीवन कष्टकर बनाएकाले धेरै बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध लगाइएको छ। यो हप्ता नयाँ दिल्लीमा सोमबार रेकर्ड गरिएको तापमान ४६.२ डिग्री सेल्सियसको चरम सीमामा पुगेको थियो , जबकि मंगलबार ४३ डिग्रीको तापक्रम मापन गरिएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले तातो हावा चलिरहेको गर्मीको लहरको एक हिस्सा भएको जुन आगामी दिनमा वर्षा र हावाको आगमनसँगै कम हुन सुरु हुने बताएको छ। हालैका दिनहरूमा बिस्तारै बढ्दै गएको अत्यधिक गर्मीको लहर, बेमौसमी वर्षा, आँधीबेहरी र तापक्रममा तीव्र गिरावटको असामान्य अवस्था पछिको परिणाम भएको जनाइएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले उत्तरी राज्यहरू उत्तराखण्ड, पञ्जाब र हरियाणाका साथै भारतको राजधानीमा ६० किलोमिटर प्रतिघण्टासम्मको गतिमा पुग्ने हल्का चट्याङ र तेज हावा चल्ने सम्भावनाका साथ बुधबार तापक्रममा उल्लेख्य गिरावट आउन सक्ने बताएको छ। गत वर्ष, उत्तरपश्चिम र मध्य भारतमा सबैभन्दा बढी तापक्रम अप्रिलमा रेकर्ड गरेको थियो जुन १२२ वर्ष पहिले रेकर्ड भएको थियो। त्यस बेला देशको ठूलो भागलाई असर गर्दै व्यापक गर्मीको लहर महसुस गरिएको थियो ।
अत्यधिक मौसमी अवस्था र बेमौसमी र अनियमित वर्षाले जनसंख्याको स्वास्थ्य बाहेक बाली र यसको कृषिमा निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने मौसम विद हरुले बताएका छन् । भारतीय मौसमविद्हरूले २०२१ मा प्रकाशित गरेको अनुसन्धानका अनुसार विगत ५० वर्षमा अत्यधिक गर्मीका कारण १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
जिएनबीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा
- काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?
- बिबिसीको कार्यवाहक अध्यक्षमा डेम एलन
- हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा
- अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
- ५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
- मिटरब्याजीविरुद्ध मलंगवाबाट सबैभन्दा धेरै उजुरी
- दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी, एक–अर्काका सेनालाई दोष
- दाहाल–मोदी वार्तामा छुटेको सीमा विवाद र गोर्खा भर्तीको विषय
- वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई