दुवै खुट्टाबिना सगरमाथाको सफल आरोहण गर्दै हरि बुढामगरले रचे इतिहास

एउटा भनाइ खुबै प्रचलित छ – ‘यदि कसैले मर्न डराउँदिन भन्छ भने कि त उसले झुट बोलेको छ वा उ गोर्खा सैनिक हो।’ हो , ब्रिटिस आर्मीका एक पूर्वगोर्खा सैनिकले यो कुरा सत्य साबित गरेका छन्।

शुक्रबार , मे १९ का दिन दिउँसो ३ बजे हरि बुढा मगरले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा पहिलोपटक दोहोरो घुँडा टेकेर सगरमाथाको सफल आरोहण गरेका छन्। यी सिपाहीले अफगानिस्तान युद्धमा आफ्ना दुवै खुट्टा गुमाए पनि विश्वको सर्वोच्च शिखर सगरमाथालाई जितेका छन्। सन् २०१० मा  मगरले अफगानिस्तानमा बारुदी सुरूङको ठक्करबाट आफ्ना दुवै खुट्टा गुमाएका थिए।

दुवै खुट्टा गुमाएको १३ वर्षपछि हरिले ८,८४९ मिटरको चुचुरोमा पुग्न अपांगताले कुनै बाधा गर्न सक्दैन भन्ने प्रमाणित गरेका छन्। उनको आरोहण अभियान प्रमुखको नेतृत्वमा नेपाली आरोहीको विश्वस्तरीय टोलीले सम्भव भएको बताएका छन्। यसबाहेक सन् २००६ मा न्युजिल्याण्डका मार्क इन्ग्लिस र २०१८ मा चीनका जिया बोयुले फलामको खुट्टाले सगरमाथाको सफल आरोहण गरेका थिए।

अहिले मगरको यस उपलिब्धबारे विश्वभर चर्चा भइरहेको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि उनी सकुशल आफ्नो आधार शिविरमा फर्किएका थिए। ४३ वर्षीय मगर सन् २०१० मा अफगानिस्तानमा गस्तीका क्रममा दुर्घटनावश बारुदी सुरूङगमा परेका थिए। जसका कारण उनले दुवै खुट्टा गुमाउनुपरेको थियो। उनी गोर्खा सैनिकसँग अफगानिस्तानमा ड्युटीमा रहेका बेला उक्त दुर्घटना भएको थियो।

उक्त दुर्घटनापछि होस आउँदा उनले आफू मरेको ठानेका थिए। तीन छोराछोरीका बाबु मगरको उचित उपचारपछि स्कीइङ, गल्फ, साइकल र क्लाइम्बिङमा लागेपछि उनको आत्मविश्वास फर्कियो। उनले ११ दिनअघि कृष थापाको नेतृत्वमा रहेको नेपाली आरोही टोलीसँग सगरमाथा आरोहण गर्न आफ्नो तयारी सुरु गरेका थिए। कृष थापा आफैं पनि पूर्वगोर्खा सैनिक र एसएएस माउन्टेन ट्रुप लिडर थिए।

मगरको प्रोस्थेटिक खुट्टा बेलायतमा जडान गरिएको थियो। तिनले यी खुट्टाहरूका साथ आइल अफ वाइटको वरिपरि कयाकिङदेखि मोरक्कोको माउन्ट टुबकल र स्कटल्याण्डको बेन नेभिस र युरोपको मोन्ट ब्लाङ्कलगायतका धेरै चुचुरा आरोहण गरिसकेका छन्।

उनको सपना सगरमाथा आरोहण गर्ने थियो। तर अंगविहीन वा दृष्टिविहीन व्यक्तिहरूलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाउने नेपालको कानुनले उनको बाटो अवरुद्ध गरेको थियो। सन् २०१८ मा नेपालको सर्वोच्च अदालतले त्यो कानुन खारेज गर्दै अंगविहीन वा दृष्टिविहीनलाई सगरमाथा चढ्ने बाटो खोलेपछि मगरको सगरमाथा आरोहण गर्ने सपना पूरा भएको हो। यस अभियानलाई सफल पार्न ३० भन्दा बढी संघसंस्थाले सहयोग गरेका थिए।

‘जीवन अनिश्चित छ , केही पनि असम्भव छैन,’  सगरमाथाको चुचुरो चुमेपछि मगर खुसी हुँदै प्रतिक्रिया दिए।

जिएनबीबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
दुवै खुट्टाबिना सगरमाथाको सफल आरोहण गर्दै हरि बुढामगरले रचे इतिहास
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link