पूर्वरानी एलिजाबेथलाई मार्नेे षड्यन्त्र रचिएको थियो : एफबिआई

बेलायतकी पूर्वमहारानी एलिजाबेथलाई सन् १९८३ मा मार्ने धम्की दिइएको थियो। त्यसपछि उनी आफ्ना पति प्रिन्स फिलिपसँग क्यालिफोर्निया (अमेरिका) गएको अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

एफबिआईका अनुसार एलिजाबेथको यात्राभन्दा एक महिनाअघि फेब्रुअरी ४ मा सनफ्रान्सिस्कोका एक प्रहरी अधिकारीलाई यस्तो धम्की आएको थियो। अधिकारले पछि यो सूचना एफबिआईलाई दिएका थिए।

फाइलमा धम्की दिने व्यक्तिको गिरफ्तारीबारे कुनै जानकारी छैन। उसले प्रहरी अधिकारीलाई धम्की दिँदै आफनो छोरीको मृत्युको बदला लिन एलिजाबेथलाई मार्ने बताएको थियो। धम्की दिने व्यक्तिकी छोरीलाई रबरको गोली हानी उत्तरी आयरल्यान्डमा मारिएको थियो।

एफबिआईले १०२ पेज लामो रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार धम्कीको जानकारी पाएपछि सिक्रेट सर्भिसले महारानी गोल्डेन गेट ब्रिजको मुनिबाट निस्कँदा त्यहाँको बाटो बन्द गर्न निर्देशन दिएको थियो। यद्यपि त्यहाँ सुरक्षा व्यवस्थाबारे के–कस्ता नीति अपनाइएको थियो भन्नेबारे रिपोर्टमा उल्लेख छैन। रानीको भ्रमण आफ्नो पूर्ववत् तालिकाअनुसार भएको भने उल्लेख छ।

बेलायती राजपरिवारलाई आइआरएबाट खतरा

आयरल्यान्डमा ३० वर्षसम्म संघर्ष चलेको थियो। सन् १०९० को दशकमा यो संघर्ष उत्कर्षमा थियो। बिबिसीका अुनसार त्यतिबेला आयरिस रिपब्लिकन आर्मी (आइआरए) ले स्वतन्त्रताको माग गरेको थियो। एफबिआईको रिपोर्टमा भनिएको छ, ‘बेलायती राजपरिवारलाई आइआरएबाट खतरा थियो। १९८९ मा एलिजाबेथको केन्टकी यात्रावधिमा पनि उनलाई मार्ने षड्यन्त्र रचिएको थियो। आइआरएले नै १९७९ मा स्लिगो काउन्टीमा बम बिस्फोट गराई एलिजाबेथका काका–भाइ पर्ने लर्ड माउन्टबेटनको हत्या गरेको थियो।

पटकपटक विरोधको प्रयास

एलिजाबेथ सन् १९७६ मा पनि न्युयोर्क पुगेकी थिइन्। एफबिआइको रिपोर्टअनुसार त्यतिबेला पनि रानीको विरोधमा एक जना पाइलटलाई बाटरी पार्कमाथि जहाज उडाई ‘इंग्ल्यान्ड, गेट आउट अफ आयरल्यान्ड’ लेखेको ब्यानर देखाउन निर्देशन दिइएको थियो।

यसबाहेक १९९१ मा पनि रानी तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुससँग बाल्टिमोटरमा बेसबल गेम हेर्न जाँदै थिइन्। त्यतिबेला पनि आयरिस ग्रुपका कैयौँ मानिसले गेम हेर्न टिकट काटेको एफबिआइले सूचना प्राप्त गरेको थियो। उनीहरु स्टेडियममा रानीअगाडि विरोध प्रदर्शन गर्ने तयारीमा थिए। यस्तै रानीका अन्य कैयौँ यात्रामा पनि विरोध प्रदर्शनको अलर्ट जारी गरिएको थियो।

आयरल्यान्डको संघर्षको कथा

१९२१ मा आयरल्यान्ड भागबन्डा गरियो। यो भागबन्डा यसरी गरियो कि ब्रिटेनसँग हुने आयरल्यान्ड अर्थात् उत्तरी आयरल्यान्डमा इसाई धर्मावलम्बीको प्रोस्टेस्टेन्ट समुदायको बहुमत थियो। त्यसैगरी अलग देश बनेको आयरल्यान्ड गणराज्यमा क्याथोलिक समुदायको बाहुल्यता थियो। उत्तरी आयरल्यान्डमा बसोबास गर्ने अल्पसंख्यक क्याथोलिक समुदायका मानिस आयरल्यान्ड गणराज्यमा समाहित हुन चाहन्थे। तर, बहुसंख्यक प्रोस्टेस्टेन्ट समुदायका मानिस भने उत्तरी आयरल्यान्ड ब्रिटेनमा नै होस् भन्ने चाहन्थे।

१९६९ मा उत्तरी आयरल्यान्डमा त्यहाँका अल्पसंख्यक क्याथोलिक समुदायले दोहोरो जीवन बाँच्नुपरेको भन्दै नागरिक अधिकारका लागि अभियान सुरु भयो। अभियान हिंसामा परिणत भयो र आयरिस रिपब्लिकन आर्मी (आइआरए) गठन भयो। आइआरएले ब्रिटेनविरुद्ध हिंसात्मक अभियान सुर गर्यो। त्यसपछि ब्रिटेन सरकारले उत्तरी आयरल्यान्डको सबै काम र अधिकार आफ्नो कब्जामा लियो।

-एजेन्सीको सहयोगमा

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
पूर्वरानी एलिजाबेथलाई मार्नेे षड्यन्त्र रचिएको थियो : एफबिआई
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link