कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् ।
गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।
बिहानैदेखि डिल्लीबजार कारागारबाहिर भेला भएका उनका समर्थकले उनलाई अबिर र फूलमाला लगाइदिएर स्वागत गरे। कारागारबाट रिहा भएपछि पत्नी एवम् भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ बस्ने मन्त्री क्वाटर पुगे । थारु वेशभूषामा सजिएका उनका समर्थकले पनि रेशमलाई बधाई दिँदै अबिर र फूलमाला लगाइदिए ।
त्यहाँ पत्रकारहरूलाई प्रतिक्रिया दिँदै चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि सघाउन तयार रहेको बताए ।
रेशम चौधरी आजै गृहजिल्ला कैलाली जाने कार्यक्रम छ । त्यहाँ गएर कार्यकर्तालाई सम्बोधन गर्ने र टीकापुर काण्डमा दोषी ठहर भई जेल सजाय काटिरहेकाहरूलाइर् समेतत भेट्ने बताइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
