भारतको मणिपुरमा जातीय हिंसा झन् भड्किँदै, ८० जनाको मृत्यु

भारतको मणिपुरमा कुकी र मैतेई समुदायबीच आरक्षणलाई लिएर करिब महिनादिनयता हिंसा जारी छ। आइतबार फेरि एकपटक राजधानी इम्फालनजिकका सेरौ र सुगुन इलामा हिंसात्मक झडप भएको छ। झडपमा परी १ प्रहरीसहित ५ जनाको मृत्युको भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस्तै १२ जना घाइते भएका छन्। ३ मेदेखि जारी हिंसामा अहिलेसम्म ८० जनाको ज्यान गइसकेको छ।

आइतबार मात्रै प्रहरीले ४० जनाको इनकाउन्टरसमेत गरेको छ। मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले यसको पुष्टि गरेका छन्। उनले इनकाउन्टरमा मारिएकाहरू आतंकवादी भएको बताएका छन्। उनका अनुसार आतंकवादीले आमनागरिकको स्वतन्त्रताविरुद्ध एम–१६, एके–४७ असल्ट राइफल र स्नाइपर गन प्रयोग गरेका थिए।

मणिपुरमा कुकीले जनजाती मैतेई समुदायलाई एसटीको दर्जा दिइएको विरुद्ध विरोध प्रदर्शन गरिरहेको छ। चुराचाँदपुरमा गत ३ मेको राति दुवै समुदाय एक–अर्काविरुद्ध आक्रमणमा उत्रिएका थिए। सोही ठाउँमा मे ४ का दिन मुख्यमन्त्री सिंहको कार्यक्रम तय थियो।

मणिपुरको ३८ लाख जनसंख्यामा आधाभन्दा बढी जनसंख्या मैतेई समुदायको छ। हालै मणिपुर उच्च अदालतले राज्य सरकारलाई मैतेई समुदायलाई अनुसूचित जनजाति (एसटी) मा सहभागी गराउनेबारे विचार गर्ने आदेश जारी गरेको छ।

यता मैतेई समुदायले भने सन् १९४९ मा भारतीय संघमा विलय हुनुपूर्व उनीहरूले जनजातिको दर्जा प्राप्त गरेको बताएको। पछिल्ला ७० वर्षमा ६२ प्रतिशतले जनसंख्या घटेर ५० प्रतिशतहाराहारी छ। आफ्नो सांस्कृति पहिचानका लागि सो समुदायले आरणक्षण माग्दै आइरहेको छ।

नगा र कुकी जनजाति मैतेई समुदायलाई दिने आरक्षणविरुद्ध छन्। एसटीमा मैतेईलाई आरक्षण दिँदा आफ्नो अधिकार बाँडिने उनीहरुको बुझाइ छ। मणिपुरको ९० प्रतिशत क्षेत्रमा बसोवास गर्ने यी जातिको जनसंख्या ३४ प्रतिशत छ।

३१ मेसम्म इन्टरनेट बन्द

यो भड्किँदै गइरहेको हिंसालाई मध्यनजर गर्दै मणिपुर सरकारले राज्यमा कडा कानुनी व्यवस्था गरेको छ। कैयौँ जिल्लामा कफ्र्यु लगाइएको छ भने ३१ मेसम्म इन्टरनेट ब्यान गरिएको छ। मणिपुरमा अहिलेसम्म ४० हजार मानिस पलायन भएको बताइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
भारतको मणिपुरमा जातीय हिंसा झन् भड्किँदै, ८० जनाको मृत्यु
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link