नेपाल र भारतबीच भएका ७ सम्झौता के–के हुन् ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। उच्चस्तरीय भेटवार्तासँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा समझदारी भएको छ। नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा(चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत
समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

के के भए त सम्झौता ?

– नेपाल–भारत पारवहन सम्झौता नवीकरण ।

– अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।

– परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।

– चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने ।

– ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए ।

– फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति ।

– नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
नेपाल र भारतबीच भएका ७ सम्झौता के–के हुन् ?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link