नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणि बराललाई प्रदान गर्ने निर्णय गरेको छ। अन्नपूर्ण दैनिकमा कार्यरत पत्रकार बराललाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने वातावरण पत्रकार समूहले जनाएको छ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्यांकका आधारमा मूल्यांकन गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको बताइएको छ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो। समूहका पूर्वअध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्वमहासचिव रमेश भुसाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६औँ पत्रकार हुनुहुन्छ। यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
- ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- २०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
- आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
- चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
- किन पक्राउ परे हिरो अनमोल केसी?
- विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
- २०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
- प्राथमिकतामा अनलाइन स्पेस