प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीमा निमन्त्रणमा चार दिने भारत भ्रमण गरी नेपाल फर्किसक्नुभएको छ। प्रचण्ड–मोदी भेटवार्तामा विधित सहमित–सम्झौता त भए नै, दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई ‘हिमालय’ को उचाइँमा पुर्याउन प्रयास जारी राख्ने संकल्प गर्नुभयो।
दाहाल–मोदी वार्ताका क्रममा नेपाल–भारत दुवै पक्ष स्थापित कूटनीतिक संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न सहमत भए। तर वार्तामा नेपाली गोर्खाद्वारा ‘अग्निवीर’ योजनाअन्तर्गत भारतीय सेनामा भर्ती हुन अस्वीकार र सीमा विवादजस्ता मुद्दामाथि दुवै पक्षले ध्यान दिन भने सकेनन्।
उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुला क्षेत्रमा भारतीय मजदुरले काली नदीमाथि ९८५ मिटर लामो तटबन्धन निर्माण गरिरहेका बेला नेपालीले भारतीय पक्षतिर ढुंगा हानेको भनेर भारतीय सञ्चारमाध्यममा समाचार आए। उक्त नदीले दुई देशबीचको प्राकृतिक सीमांकनको रुपमा काम गर्ने र नेपालले यसअघि नै आफनो क्षेत्रतिर तटबन्ध निर्माण गरिसकेको कुरा इन्डिया टुडेले उल्लेख गरेको छ।
यसैगरी कालापानी–लिम्पियाधुरा–लिपुलेकलाई लिएर पनि नेपाल–भारतबीच विवाद छ। पछिल्लो समय सीमा विवादलाई लिएर नेपाल आक्रामक बन्दै गएको छ। सन् २०२० मा भारतले धार्चुलासँगको चीन सिमाना लिपुलेक जोड्ने सडक उद्घाटन गर्दा नेपालले आपत्ति जनाएको थियो। सीमा समस्या समाधान गर्ने समझदारीविरुद्ध भारतले एकलौटी काम गरेको नेपालको टिप्पणी छ।
त्यतिबेला सो क्षेत्रको ८० किलोमिटर सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले गर्नुभएको थियो। उक्त सडकले तिब्बतमा पर्ने कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई सहयोग पुर्याउने अपेक्षा गरिएको थियो। कैलाश मानसरोवर लिपुलेकबाट ९० किलोमिटरको दूरीमा पर्छ।
यसैगरी दाहाल–मोदी वार्तामा नेपाली गोर्खालाई भारतीय सेनामा पठाउने विषयमाथि पनि ध्यानाकर्षण पनि भएको देखिएन। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताअनुरुप नभएको भन्दै नेपालले ‘अग्निवीर भर्ती योजना’ मा भर्ती र्याली आयोजना गरेको छैन।
भारतीय सेनामा सेवा गर्ने नेपाल एक मात्रै देश हो। नेपालका नागरिकले भारतीय सेनामा सेवा गर्छन्। यो एक मात्र विदेशी देश हो। करिब ४० हजार गोर्खा (३९ बटालियन) हाल भारतीय सेनाको ७ वटा गोर्जा रेजिमेन्टको हिस्सेदार छन्, जसमा नेपाली र भारतीय गोर्खा सैनिक कार्यरत छन्। गोर्खा रेजिमेन्टले दुई परमवीर चक्रसहित धेरै वीरता पुरस्कार जितिसकेका छन्। साथै गोर्खा रेजिमेन्टले भारतीय सेनालाई प्रसिद्ध फिल्ड मार्सन साम मानेकसा र दलवीर सुहाग तथा विपीन रावतलगायत धेरै प्रमुख दिएको छ।
इस्ट इन्डिया कम्पनीको सेना कमान्डर सर डेभिड ओक्टरलोनी थिए। उनले एंग्लो–नेपाल युद्ध (सन् १८१४–१६) ताका गोर्खालीको बहादुरीलाई पहिलोपटक मान्यता दिई उनीहरूलाई आफ्नो सेनामा भर्ती हुन आह्वान गरे। त्यतिबेलादेखि गोर्खालीले सन् १८७५ को विद्रोह, अफगान युद्ध र दुई विश्वयुद्धसहित धेरै अभियानमा सामेल भएका छन्।
सन् १९४७ मा नेपाल, भारत र बेलायतले त्रिपक्षीय सम्झौता गरेपछि ब्रिटिस इन्डियन आर्मीमा रहेका ११ गोर्खा रेजिमेन्टमध्ये ७ रेजिमेन्ट भारतीय सेनामा सामेल भए। बाँकी ४ ब्रिटिस सेनामा भएका थिए।
इन्डिया टुडेबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
- ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- २०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
- आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
- चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
- किन पक्राउ परे हिरो अनमोल केसी?
- विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
- २०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
- प्राथमिकतामा अनलाइन स्पेस