५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण

यो वर्षको पाँच महिनामा (२०२३ जनवरीदेखि मेसम्म) ४ लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । गत वर्ष सोही अवधिमा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या ३ लाख ६२ हजार ५६ थियो । गत वर्षेभन्दा १ लाख ८ हजार चार सय ८६ ले बढी भएको बताइएको छ।

यो वर्षको मे महिनासम्म ६७ देशका ३४ हजार ४ सय १३ जना विदेशी, ३ लाख २४ हजार २ सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्यांक छ । यस्तै, गत वर्ष २ हजार ६ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ ।

यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका ८ हजार २ सय ४७, श्रीलंकाका ५ हजार ७ सय २१, म्यान्माका ५ हजार ३ सय ९८, भियतनामका ३ हजार २ सय ३५, कोरियाली २ हजार ६ सय २९ ले लुम्बिनीको भ्रमण गरेका छन् । यसैगरी चिनिया १ हजार २ सय ८ र अन्य देशका ७ हजार ६ सय ७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

गत वर्षमा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका २ हजार छ सय ८७, नेपाली २ लाख ८९ हजार ५ सय ९४ र भारतीयको संख्या ६९ हजार सात सय ७५ रहेको थियो । तेस्रो मुलुकका पर्यटक गणना गर्दा भियतनामी ६ हजार नौ सय २३, थाई ४ हजार ३ सय ८०, श्रीलंकन १ हजार ८ सय ८५, म्यान्मा १ हजार ४ सय ९५ तथा अन्य ९ हजार २ सय ५९ छन् ।

कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना विदेशीले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार १ सय ७, फेब्रुअरीमा २१ हजार ६सय ६७ र मार्चमा ८ हजार ३ सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट २ हजार १ सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना विदेशीले लुम्बिनी भ्रमण गरेका थिए ।

यस्तै ०२१ मा ४ लाख ६३ हजार ६ सय ६३ जना नेपाली र ४३ हजार ७ सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा २ लाख १० हजार ३३ जना नेपाली र ३७ हजार २ सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले जनाएको छ ।

त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link