बेलायत सरकाले बिबिसीको कार्यवाहक अध्यक्षमा प्रोफेसर डेम एलन क्लस स्टेफनलाई नियुक्त गरेको छ। संस्कृति सचिव लुसी फ्रेजरले बिबिसीको रोयल चार्टर नीतिअनुरुप बिबिसी बोर्डको छलफलपछि प्रोफेसर डेमलाई नियुक्त गरेका हुन्।
डेमले रिचर्ड सार्पलाई पदस्थापन गर्नेछिन्। रिचर्डले यही महिनाको २७ तारिखमा पद छोड्ने बिबिसीले बताएको छ।
डेम सन् २०१७ देखि बिबिसी बोर्डमा गैरकार्यकारी निर्देशकका रुपमा थिइन् भने २०१०–०१७ सम्म वेल्सका ट्रस्टी थिइन्। २०१९–०२२ बीचमा बिबिसी स्टुडियोमा कमर्सियल होल्डिंग्स बोर्डकी अध्यक्ष थिइन्। बिबिसीको चार्टरअन्तर्गत कार्यवाहक अध्यक्ष बिबिसी बोर्डमा गैरकार्यकारी निर्देशक हुनुपर्ने प्रावधान छ।
आफूलाई राज्य सचिवले कार्यवाहक अध्यक्षका रुपमा नियुक्त गर्नु भनेको ठूलो सम्मान भएको डेमले बताइन्। ‘ममाथि विश्वास गर्ने बोर्ड सदस्यप्रति आभारी छु,’ उनले भनेकी छिन्, ‘बोर्डका रुपमा हामी बेलायतभरि लाइसेन्स शुल्क तिर्नेलाई समर्थन गर्नेछौं। यस्तै बिबिसी रचनात्मक उद्योगका लागि महत्वपूर्ण साझेदार हो भनेर ढुक्क भए हुन्छ।’
डेमले द्रुत गतिमा बदलिइरहेको मिडिया परिदृश्यमा बिबिसीलाई चुस्त–दुरुस्त बनाइराख्ने विश्वास कायम राख्न आग्रह गरेकी छिन्। उनका अनुसार बिबिसीमार्फत अझै धेरै काम गर्नुपर्ने छ।
डेम अनुभवी अध्यक्ष एवं गैरकार्यकारी हुन्। प्रसारण, रचनात्मक उद्योग र शिक्षामा उनको करियर विशिष्ट रहेको छ। यस्तै उनी वेल्स भाषा प्रसारक एस–फोर–सीकी पूर्वअध्यक्षसमेत हुन्। हाल उनी अबेरिस्ट्वथ विश्वविद्यालयमा संचार तथा रचनात्मक उद्योगमा प्रो–चान्सलर प्रोफेसर छिन्। साथै वेल्सका लागि उनी निर्वाचन आयुक्त पनि हुन्।
कार्यवाहक अध्यका रुपमा डेम रहिरहनेछिन्। बेलायत सरकारले बिबिसीका लागि स्थायी अध्ययको नियुक्तिका लागि प्रक्रिया थालेको छ। यसमा केही महिना लाग्न सक्ने बुझिएको छ।
बिबिसी बोर्डका अनुसार डेम बोर्डकी सक्रिय र प्रतिष्ठित सदस्य हुन् भने वेल्स सदस्यका रुपमा आफ्नो भूमिकामा ऊर्जा र प्रेरणा लिएको बोर्डको भनाइ छ।
बिबिसीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
- ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- २०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
- आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
- चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
- किन पक्राउ परे हिरो अनमोल केसी?
- विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
- २०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
- प्राथमिकतामा अनलाइन स्पेस