ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध थप १९ मुद्दा चलिरहेका छन्

अमेरिकी पूर्वराष्ट्रपति डोनाल ट्रम्पविरुद्ध फेरि अर्को आपराधिक मुद्दा दायर भएको छ । सन् २०२१ मा राष्ट्रपति चुनावमा पराजय भोगेपछि ‘क्लासिफाइड डकुमेन्ट्स’ घर लगेको विषयमा उनीविरुद्ध मुद्दा दायर भएको हो । ट्रम्पविरुद्ध ७ आरोप तय भएका छन् । जुन १३ तारिखका दिन उनलाई मियामी संघीय अदालतमा पेस हुन भनिएको छ ।
यसअघि अप्रिलमा उनीमाथि पोर्न स्टारलाई पैसा दिएर मामला गुपचुप पार्न खोजिएको आरोपमा मुद्दा दायर भएको थियो । यस मुद्दामा अदालतले अप्रिल ४ मा ट्रम्पमाथि ३४ आरोप लगाएको थियो । यद्यपि कुन–कुन आरोप लागेका छन् भन्ने अदालतले बताएको छैन । यता ट्रम्पले क्लासिफाइड डकुमेन्टको आरोप आधारहीन भएको बताएका छन् ।
ट्रम्पका वकिल जिम ट्रस्टीले सिएनएनलाई बताएअनुसार ट्रम्पविरुद्ध जासुसी ऐनअन्तर्गत आरोप दर्ता भएको छ । यस्तै षड्यन्त्र रच्ने, झुटो बयान दिने, न्यायमा खलल पुर्याउने, अभिलेखसँग खेलवाल गर्ने र नक्कली दस्तावेज बनाएको आरोप पनि लागेको छ ।
म निर्दोष छु: ट्रम्प
पूर्वराष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै आफू निर्दोष रहेको दाबी गरेका छन् । ‘मैले न्यायालयमा आपराधिक मुद्दा दायर भएको सूचना पाएँ । जुन १३ तारिखमा अदालतमा पेस हुन भनिएको रहेछ । बाइडेनको भ्रष्ट सरकारले मेरा वकिललाई जानकारी दिएपछि थाहा पाएँ,’ उनले भनेका छन् ।
ट्रम्पले २०२१ जनवरीमा राष्ट्रपति चुनाव हारेपछि ह्वाइट हाउसका कैयौँ क्लासिफाइड डकुमेन्ट्स फ्लोरिडास्थित घर लगेको आरोप लाग्यो । यस्तै उनले ती डकुमेन्ट राष्ट्रिय अभिलेखालयलाई दिन पनि अस्वीकार गरे । त्यसपछि यो विषय एफबिआई पुग्यो र छानबिन गर्दा ट्रम्पको घरबाट ३०० भन्दा बढी दस्तावेज बरामद भए ।
१९ मुद्दामा अनुसन्धान जारी
योबाहेक ट्रम्पमाथि थप १९ मुद्दा चलिरहेका छन् । यीमध्ये आधा जति मुद्दा उनी राष्ट्रपति हुँदा गलत आचरण गरेकोविरुद्ध छन् । उनीमाथि चलेका धेरैजसो मुद्दा आर्थिक अनियमितता, २०२१ जनवरी ६ मा संसद्मा भएको हिंसामा रहेको उनको भूमिका र २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने प्रयासबारे छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link