नाटो सदस्यद्वारा जर्मनीमा सुरु भएको हवाइ अभ्यासमा जापान पनि सहभागी भएको छ। रुस–युक्रेन जारी युद्धबीच ऐक्यबद्धतालाई उजागर गर्न गठबन्धलनले माग गरेको थियो। यसको साझेदारी इन्डो–प्यासिफिक क्षेत्रसम्म विस्तार भएको दाबीसमेत गरिएको छ।
यो अभ्यास नाटोको इतिहासमै ठूलो तैनाथी अभ्यास भएको बताइएको छ। यसमा सहयोगी वायुसेना सहभागी छन्। युरोपेली हवाई क्षेत्रमा दुई हप्ते एयर डिफेन्डर अभ्यासमा २३ नाटो सदस्यसहित स्विडेन र जापानका करिब १० हजार कर्मचारी र २५० विमान सहभागी छन्। जसमा एक एयर सेल्फ डिफेन्स फोर्स परिवहन विमान पनि रहेको छ।
गठबन्धन प्रवक्ताका अनुसार ठूलो संख्यामा गरिएको यो अभ्यासले नाटो सम्बन्धित क्षेत्रको प्रत्येक इन्च जमिन रक्षार्थ तयार रहेको सन्देश दिएको छ। नाटोका प्रवक्ता ओना लुंगेस्कुले जोखिमपूर्ण दुनियामा बसोबास गर्ने भएकाले एयर डिफेन्सर आवश्यक रहेको तर्क दिएका छन्। ‘हामी सर्वाधिक सुरक्षा संकटको सामना गरिरहेका छौँ,’ उनले भने, ‘हामी आफ्नो देश र जनताको सुरक्षाका लागि एकजुट छौँ।’
जर्मनीद्वारा आयोजित अभ्यासको योजना २०१८ देखि बनाइएको थियो। तर यसको उद्देश्य अझै पनि युक्रेनमाथि भएको रुसी आक्रणपछि नाटोको संकल्पलाई उजागर गर्नु रहेको छ। नाटोले एउटा विज्ञप्तिमा अभ्यासको उद्देश्य रुसले युक्रेनमाथि गरेको आक्रमणझैं सहर र महत्वपूर्ण पूर्वाधार संरचनामा विमान, ड्रोन र मिसाइलको हमलाबाट बच्न आन्तरिक क्षमता र तयारीलाई बढावा दिनु रहेको बताएको छ।
जापान र नाटोले पछिल्ला वर्षमा साझेदारी बलियो बनाएका छन्। यी दुवैले युरोप र एसियाको सुरक्षास्थिति एक–आपसमा जोडिएको विषयमा जोड दिएका छन्।
‘युरोप र इन्डो–प्यासिफिकको सुरक्षा अविभाज्य छ। नाटो–जापान घनिष्ठ सम्बन्ध भएकै कारण नाटोले जापानलाई पर्यवेक्षकका रुपमा आमन्त्रित गरेको हो,’ जर्मन वायुसेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इंगो गेरहार्ट्जको भनाइ छ।
नाटोलाई सुरुवाती चरणमा सोभियत नेतृत्वको कम्युनिस्ट ब्लकविरुद्ध ट्रान्स–एटलान्टिक सुरक्षा संगठनका रुपमा कल्पना गरिएको थियो। अहिले बढ्दो चिनिया अग्रसरताबीच नाटोले आफ्नो भूमिकालाई पुनः परिभाषित गर्न चाहिरहेको छ। यसका धेरैजसो सदस्यले आफ्नो युद्धमा समर्थन गर्ने लक्ष्य राख्दै रुसी आक्रमणकारीवरुद्ध चिन्ता प्रकट गरेका छन्।
समाचारअनुसार नाटोले टोकियोमा कार्यालय खोल्न विचार गरिरहेको छ। गठबन्धका प्रमुख जेन्स स्टोलटेनबर्गले जुन महिनाको सुरुवातमा ‘अज्ञात देश’ ले सम्पर्क कार्यालय खोल्न अनुरोध आएको बताएका थिए।
यो कदमले गठबन्धलाई आफ्नो प्रमुख क्षेत्रबाट टाढा लैजाने भन्दै नाटो सदस्य रहेको फ्रान्स यो प्रस्तावबारे अनिच्छुक देखिएको छ। यसमा स्टोलटेनबर्गले एसियामा भइरहेको गतिविधिले युरोप र युरोपमा भइरहेको गतिविधिले एसियामा अर्थ राख्ने बताएका छन्।
-जापान टाइम्स
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
