नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।
तीन महिनापछि अवकाश प्राप्त गर्ने क्रममा रहेका हालका मुख्य सचिव शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।
अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिव थिए । सचिवका रूपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार ३ गते सकिँदै थियो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका बुझिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
