नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत् वाम एकतासम्म पुग्ने दाबी गर्नुभएको छ। बिहीबार बिहान प्रसारित देशान्तर संवादमा बोल्दै उहाँले भन्नुभयो, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दैछ।’
‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यती ओम्नीजस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रिएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ। तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, शशक्त बनाउने, भ्रष्टाचारजस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ,’ मोर्चा बन्नुका कारण उहाँले यसरी खुलाउनुभयो।
पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रिया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ टेस्ट पनि हुने र जनताको सुझावअनुसार वामपन्थी एकता हुँदै अगाडि बढ्ने बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
