रुसमा गृहयुद्धको खतरा तत्कालका लागि टरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गर्ने निजी सैन्य समूह ‘वागनर’ का प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना लडाकुलाई फर्किन निर्देशन दिएका छन् । अहिले निजी सैन्य समूह क्याम्प फर्किरहेको छ भने प्रिगोजिन पनि रुस छोडेर बेलारुस जाने बताइएको छ ।
रुसी मिडिया आरटीका अनुसार निजी सैन्य समूह रोस्तोभ सहर कब्जा गरेपछि मस्कोतिर बढेको थियो ।
न्युयोर्क टाइम्सले निजी सैन्य समूह पछि हट्नुमा बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेंकोको विशेष भूमिका रहेको उल्लेख गरेको छ । अलेक्जेन्डरले शनिबार राति वागनर प्रिगोजिन र रुसीबीच सम्झौता गराएको दाबी गरेका छन् । सम्झौतापछि वागनर समूहले आफ्ना सैनिकलाई अगाडि बढ्न रोक लगाएको छ ।
वागनरले गरेको व्रिदोहको कारण के थियो ?
रोयटर्सका अनुसार युक्रेनको बख्मुतमा रहेको वागनर तालिम क्याम्पमा मिसाइल आक्रमण सुरु गरेपछि रुस र निजी सैन्य समूहबीच विद्रोह सुरु भएको हो । मिसाइल आक्रमणमा परी कैयौँ वागनर लडाकु मारिएका थिए । प्रिगोजिनले यसको दोषी क्रेमलिन रहेको बताएका छन् । हमला कहिले भएको थियो भन्नेबारे केही खुलाइएको छैन ।
वागनर प्रमुख प्रिगोजिनले रुसी जनरलले युक्रेनमा आफ्ना सैनिकमाथि हवाई हमला गर्ने आदेश दिएको दाबी गरेका छन् । यद्यपि आफूहरु रुसविरुद्ध नरहेको तर रुसी रुक्षामन्त्री सर्गेइ सोइगुसँगै अन्य शीर्ष अधिकारीलाई निसाना बनाएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेन युद्धमा राष्ट्रपति पुटिन र रक्षामन्त्री सर्गेसँग जितेको इलाका कब्जा गरेको मुद्दालाई लिएर प्रिगोजिनको खटपट चलिरहेको छ । युक्रेनमा जितेको ठूलो हिस्सामा आफ्नो कब्जामा होस् भन्ने चाहना प्रिगोजिनको छ । तर राष्ट्रपति पुटिनले यसलाई अस्वीकार गरेसँगै प्रिगोजिन विद्रोह गर्न तम्सिए ।
बेलारुसले गराएको सम्झौताबाट प्रिगोजिनले के पाउँछन् ?
क्रेमलिनका प्रवक्ता द्मिित्री एस पेसकोभले प्रिगोजिनविरुद्ध चलिरहेका सबै आपराधिक मुद्दा तत्काल बन्द गरिने र समूहका लडाकुविरुद्ध पनि कुनै कारबाही नहुने बताए । तर प्रिगोजिन भने रुस छोडेर बेलारुस जानुपर्ने हुन्छ ।
विद्रोहमा सहभचागी वागनर लडाकुले रुसी रक्षा मन्त्रालयसँगको सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ । १ जुलाईदेखि सबै लडाकु रक्षा मन्त्रालयअन्तर्गत काम गर्नेछन् ।
अहिले रोस्तोभ सहरमा सबै प्रतिबन्ध फुकुवा गरिएको छ । यस्तै यातायात सञ्चालन पनि सुचारु भएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
