आइएमएफले विस्तारित कोष सुविधाअन्तर्गत कोस्टारिकालाई २७.५ अर्ब डलर दिने

कोस्टारिकाले जलवायु परिवर्तनको महत्वाकांक्षी एजेन्डाका लागि २४ करोड ६० लाख डलरसमेत पाउने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विस्तारित कोष सुविधा (इएफएफ) अन्तर्गत कोस्टारिकालाई २७.५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ। सोमबार बसेको कार्यकारी कार्यकारी बोर्ड बैठकले आइएमएफको विस्तारित व्यवस्थाद्वारा समर्थित कोस्टारिकाको आर्थिक सुधारका लागि चौथो समीक्षा गर्दै सो रकम उपलब्ध गराउने भएको हो। इएफएफअन्तर्गत कुल वितरणलाई करिब एक अर्ब डलरभन्दा बढीमा ल्याउने आइएमएफले जनाएको छ।

बोर्डले कोस्टारिकाको लचकता र स्थिरता सुविधा (आरएसएफ) अन्तर्गत पहिलो समीक्षा पनि गरेको छ। यसअन्तर्गत कोस्टारिकाले जलवायु परिवर्तनको महत्वाकांक्षी एजेन्डाका लागि २४ करोड ६० लाख डलरसमेत पाउनेछ।

इएफएफअन्तर्गत एक अर्ब डलरभन्दा बढीमा कोस्टारिकाको तीन वर्षे विस्तारित व्यवस्था मार्च १ २०२१ मा स्वीकृत भएको थियो। पछि मार्च २५ २०२२ मा पाँच महिनाका लागि थपिएको थियो। यस्तै कोस्टारिकाको आरएसएफ सुविधालाई नोभेम्बर १४, २०२२ मा करिब ७२.५ करोड डलरबराबरमा स्वीकृति दिइएको थियो। यसको अवधि इएफएफअन्तर्गतको शेष अवधिसँग मिल्छ।

बोर्डका उपप्रबन्ध निर्देशक तथा कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले कोस्टारिकाले आर्थिक सुधारका एजेन्डामा महत्वपूर्ण प्रगति भएको बताए। उनले वैश्विक प्रतिकूल अवस्थामा पनि लचिलो विकास र मुद्रास्फीति पनि घटेको बताए। विस्तारिक कोष सुविधा एवं लचकता र स्थिरता सुविधा दुवैको प्रदर्शन राम्रो भएको उनको भनाइ छ।

कोस्टारिकाको केन्द्रीय बैँक (बिसिसिआर) को दूरदर्शिताले बढ्दो मुद्रास्फीति कम गर्न सहयोग गरेको आइएमएफले जनाएको छ। यो वर्ष थप खुकुलो मौद्रिक नीति आउने अपेक्षा रहेको बताएको छ। यस्तै बिसिसिआरको स्वायत्तता, शासन र परिचालन ढाँचा बलियो बनाउन क्रमशः कदम उठाइरहेको र यी प्रयास जारी राख्नुपर्ने आइएफएफको सुझाव छ।

सार्वजनिक ऋण व्यवस्थापनमा लगातारको सुधार स्वागतयोग्य रहेको बताउँदै राज्यकोषको लक्ष्यलाई ठूलो अन्तरले पूरा गर्न सक्दा ऋणको दिगोपनलाई थप सुदृढ भएको बताइएको छ। प्रस्ताविक कर सुधार, हालै पेस भएको कानुन प्रणालीलाई थप प्रगतिशील, समतामूलक, प्रभावकारी र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ। यस्तै सार्वजनिक ऋण व्यवस्थापनमा निरन्तरको सुधार पनि स्वागतयोग्य रहेको उपप्रबन्ध निर्देशक तथा कार्यवाहक अध्यक्ष ओकामुराले बताएका छन्।

यसैगरी सार्वजनिक रोजगार विधेयकको कार्यान्वय हुन अपेक्षाभन्दा बढी समय लागेको तर हालसालैको प्रगतिले पूर्ण कार्यान्वयनतर्फ संकेत गरेको पनि आइएमएफको भनाइ छ।

उच्च गरिबी दरलाई सम्बोधन गर्दै सहयोग गर्न सामाजिक कार्यक्रमको लक्ष्यीकरण र दक्षतामा महत्वपूर्ण सुधार चलेको बताउँदै रोजगारलाई औपचारिक बनाउन, महिला श्रमशक्तिको हिस्सा तथा उद्यमशीलतालाई समर्थन गर्न एवं व्यावसायिक अवस्था सुधार गर्न नयाँ प्रोत्साहन थप गतिशिल र न्यायसंगत दिशामा महत्वपूर्ण कदम भएको आइएमएफको ठहर छ।

आरएसएफ व्यवस्थाले कोस्टारिकाको महत्वाकांक्षी जलवायु परिवर्तनका एजेन्डालाई समर्थ गर्दै आइरहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
आइएमएफले विस्तारित कोष सुविधाअन्तर्गत कोस्टारिकालाई २७.५ अर्ब डलर दिने
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link