ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी छन्। थप अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको सिआइबीले जनाएको छ।
सिआइबीले मंगबार बिहान मात्रै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरिसकेको छ।
देउजा, कपाली, गौतम र केसी २०४९ सालदेखि २०६६ सम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा कार्यरत थिए। उनीहरूले मिलेमतोमा सरकारी कागजात किर्ते गरी सरकारी जग्गा हडप्ने योजना बनाएको सिआइबीको अनुसन्धानमा खुलेको छ।
यसअघि सिआइबीले ललिता निवास जग्गा प्रकरणमा चारवटा अनुसन्धान प्रतिवेदन तयार पारी २०७८ मंसिरमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। त्यतिबेला सरकारी वकिलको कार्यालयले पर्याप्त अनुसन्धान नगरेको भन्दै निर्देशनसहित फाइल फिर्ता पठाएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै