आजभोली मोबाइल फोन मानिसको आवश्यकता बनेको छ । मोबाइल फोन मार्फत कुनै पनि काम घरमै बसेर होस् वा घर बाहिर सजिलै गर्न सकिन्छ । तर यदि कुनै चीजको अत्यधिक प्रयोग भयो भने यसले तपाईँलाई समस्या निम्त्याउन सक्छ। मोबाइलको कुरा पनि त्यस्तै हो । आवश्यकताभन्दा बढी मोबाइल प्रयोग गर्ने बानी नोमोफोबियाको कारण बन्न सक्छ। आउनुहोस् नोमोफोबिया, यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूका बारेमा चर्चा गरौ।
नोमोफोबिया भनेको के हो?
जब मानिसलाई मोबाइल फोनको लत लाग्छ, त्यसलाई मेडिकल भाषामा नोमोफोबिया भनिन्छ । यो शब्द ‘नो मोबाइल फोबिया’ बाट बनेको हो। अर्थात साथमा मोबाइल नहुदाँ / नचल्दाको छटपटी हुन्छ। यसमा मानिसलाई एक प्रकारको फोबिया हुन्छ र उसले आफ्नो मोबाइल आफूबाट टाढा नहोस् भन्ने चाहन्छ । नोमोफोबियाको अवस्थामा व्यक्ति मोबाइल बिना बाँच्न सक्दैन। यसप्रकार नोमोफोबियाले मानिसको मस्तिष्कलाई असर गर्छ।
नोमोफोबियामा यस्ता लक्षण देखिन्छन्:
- मोबाइल फोन बारम्बार हेर्नु।
- मोबाइललाई केही समयको लागि पनि टाढा राख्न नचाहनु।
- मोबाइलमा केही समस्या छ भने आत्तिनु, निराश हुनु ।
- बारम्बार कल, सन्देश वा सूचनाहरू जाँच गर्नु।
- इन्टरनेटले काम नगरेकोमा चिन्ता गर्नु, छटपटी लाग्नु।
- मोबाइल स्विच अफ गर्न मन नपराउनु।
- मोबाइल चलाउन नपाउँदा थर थर काम्नु , पसिना आउनु , श्वास बढ्नु।
स्वास्थ्यमा मानोमोफोबियाको असर
नोमोफोबिया एक मानसिक रोग हो वा होइन, यो अहिलेसम्म प्रमाणित भएको छैन, तर यसले मस्तिष्कलाई अवश्य असर गर्छ। जसका कारण शरीरमा मेलाटोनिनको मात्रा घट्छ र राती सुत्न समस्या हुन्छ । यसबाहेक, नोमोफोबियाले मानिसमा एन्जायटी निम्त्याउँछ साथै आँखालाई पनि असर गर्छ। यसका कारण आँखामा पानी आउने समस्या हुन सक्छ, जसले दृष्टि सिन्ड्रोमको रूप लिन सक्छ।
नोमोफोबियाबाट कसरी बच्ने?
- मोबाइल प्रयोगको लागि समय सीमा तोक्नुहोस् र सोही अनुसार मोबाइल प्रयोग गर्नुहोस्।
- आफ्नो फोनमा उपयोगी एपहरू मात्र राख्नुहोस्।
- मोबाइलमा आउने नोटिफ़िकेसन बन्द गर्नु होस् , यसबाट फोन बारम्बार जाँच गर्ने बानीलाई नियन्त्रण गर्न सकिन्छ।
- मोबाइलको प्रयोगलाई कमी गर्न घुम्न जाने, बाहिरी खेल खेल्ने, किताब पढ्ने जस्ता केही फलदायी काम गर्ने प्रयास गर्नुहोस्।
- मोबाइलमा समय बिताउनुको सट्टा आफ्ना साथीहरू, नजिकका व्यक्तिहरू र परिवारका सदस्यहरूसँग समय बिताउनुहोस्।
- राती सुत्ने समयमा मोबाइल म्यूट वा बन्द गर्नु होस्।
(यो सामाग्री सचेतनाका लागि हो, कुनै पनि उपाय अपनाउनु अघि डाक्टरसँग परामर्श लिनुपर्छ। )
#जिएनबीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
