अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई तीन अर्ब डलरबराबरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। आइएमएफले जुन ३० तारिखमा प्रस्ताव स्वीकृत गरेको हो। यदि आइएमएमले ऋण प्रस्ताव स्वीकार नगरेको भए पाकिस्तान छिटै टाट पल्टिने बताइएको छ।
तीन अर्ब डलरको ऋणसँगै आइएमएफले पाकिस्तानसामु केही कडा सर्त पनि राखेको छ। यद्यपि पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफलले यसबारे मुख खोलका छैनन्।
आइएमएफले ऋणसँगै दिएका सर्त पालना गर्न पाकिस्तानलाई हम्मेहम्मे पर्ने अर्थशास्त्रीहरूले बताएका छन्। यसको ठूलो कारण राजनीति मानिएको छ। हालको सरकारले आइएमएफका सर्त मानेको खण्डमा आगामी अक्टोबरमा हुने निवार्चपछि सरिफको सत्ता फर्किने सम्भावना कम छ।
आइएमएफले पाकिस्तानलाई सबै खाले अनुदान रोक्न र पेट्रोल डिजेल र विद्युत् ३० प्रतिशत महँगो बनाउन सुझाव दिएको छ। यसैगरी राजस्व असुली पनि १० प्रतिशतले बढाउनुपर्ने हुन्छ।
आइएफएफले तीन अर्ब ऋण दिए पनि पाकिस्तानले आउँदो नोभेम्बरसम्म तिर्नुपर्ने ऋण मात्रै २३ अर्ब डलर छ। यसमा पनि धेरैजसो हिस्सा ब्याज छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै