अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई तीन अर्ब डलरबराबरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। आइएमएफले जुन ३० तारिखमा प्रस्ताव स्वीकृत गरेको हो। यदि आइएमएमले ऋण प्रस्ताव स्वीकार नगरेको भए पाकिस्तान छिटै टाट पल्टिने बताइएको छ।
तीन अर्ब डलरको ऋणसँगै आइएमएफले पाकिस्तानसामु केही कडा सर्त पनि राखेको छ। यद्यपि पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफलले यसबारे मुख खोलका छैनन्।
आइएमएफले ऋणसँगै दिएका सर्त पालना गर्न पाकिस्तानलाई हम्मेहम्मे पर्ने अर्थशास्त्रीहरूले बताएका छन्। यसको ठूलो कारण राजनीति मानिएको छ। हालको सरकारले आइएमएफका सर्त मानेको खण्डमा आगामी अक्टोबरमा हुने निवार्चपछि सरिफको सत्ता फर्किने सम्भावना कम छ।
आइएमएफले पाकिस्तानलाई सबै खाले अनुदान रोक्न र पेट्रोल डिजेल र विद्युत् ३० प्रतिशत महँगो बनाउन सुझाव दिएको छ। यसैगरी राजस्व असुली पनि १० प्रतिशतले बढाउनुपर्ने हुन्छ।
आइएफएफले तीन अर्ब ऋण दिए पनि पाकिस्तानले आउँदो नोभेम्बरसम्म तिर्नुपर्ने ऋण मात्रै २३ अर्ब डलर छ। यसमा पनि धेरैजसो हिस्सा ब्याज छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
