वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा ठेउला रोग देखा परेको छ । एकै घरका पाँच जनासम्म यो रोगबाट ग्रसित रहेको सुगौली बिर्ता स्वास्थ्य चौकी इन्चार्ज रामकुमार यादवले जानकारी दिनुभयो ।
अठरहाँ गाउँका २५ जनाभन्दा बढीमा देखिएको र दैनिक पाँच/छ जनाका दरले बिरामी सम्पर्कमा आउने गरेको इन्चार्ज यादवको भनाइ छ ।
त्यस्तै, सुगौली बिर्तामा पुस–माघ महिनामा ठेउला फैलिएको तर बीचमा कम देखिएको भए पनि बर्खा लागेसँगै पुनः देखिएको स्वास्थ्यकर्मी श्रवण कुमारले बताउनुभयो ।
यता ठेउला रोग देखा परेपछि महानगरपालिका तथा सुगौली बिर्ताको स्वास्थ्यकर्मीहरूको टोली गाउँमा पुगेर परीक्षण गरेको थियो । परीक्षण गर्दा ठेउला रोग नै भएको प्रस्ट भएको छ ।
परीक्षणमा नारायणी अस्पतालका छाला विभागका डा. रोहित गुप्ता, वीरगन्ज महानगरका स्वास्थ्य शाखाका रितेश जैसवाल, तथा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ अधिकृत जयमोद ठाकुरको नेतृत्वको टोली थियो । टोलीले ठेउला रोग महामारीजस्तै भएकाले यसको तत्काल उपचार गर्नुपर्ने बताएको छ ।
यसका लागि बुधबार स्वास्थ्य शिविरको आयोजना हुने बताएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
