दक्षिणपूर्वी ब्राजिलमा आफ्नो तटीय बंगला निर्माणको क्रममा वातावरणीय नियमको उल्लंघन गरेको आरोपमा ब्राजिलका अधिकारीहरूले नेयमारलाई १६ मिलियन रेइस (३.३३ मिलियन अमेरिकी डलर) को भारी जरिवाना तिराउने निर्णय गरेका हुन्।
‘लक्जरी परियोजनाले मीठो पानीका स्रोत, ढुङ्गा र बालुवाको प्रयोग र आवागमनसम्बन्धी नियम उल्लंघन गरेको पाइयो,’ अघिकारीहरूको भनाइ छ ।नेयमारलाई उल्लेखित आरोप गत महिना लागेको थियाे भने यसको पुष्टि सोमबार भएको हो।
यसबारे नेयमारका प्रवक्ताले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् ।
फुटबल स्टारको निवास ब्राजिलको रियो दि जेनेरियो राज्यको दक्षिणी तटमा रहेको मंगारातिबा सहरमा अवस्थित छ।
मंगारातिबाकाे वातावरणीय विभाले नेयमार निवासमा कृत्रिम ताल निर्माण गर्दा वातावरणीय उल्लंघन भएको बताएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै