मार्क जुकरबर्गको मेटा कम्पनीले नयाँ एप ‘थ्रेड्स’ सार्वजनिक गरेको छ। एलन मस्कको ट्विटरको प्रतिस्पर्धीका रूपमा मेटाले यो एप ल्याएको बताइएको छ।
थ्रेड्स इन्स्टाग्रामसँग लिंक भएर चल्ने टेक्स्ट बेस्ड एप हो। इन्स्टाग्राम प्रयोग गरेर थ्रेड्समा लगइन गर्न सकिन्छ। यस्तै इन्स्टाग्राममा फलो गर्नेलाई प्रयोगकर्ताले थ्रेडमा पनि फलो गर्न सक्नेछन्।
अहिले थ्रेडमा प्रयोगकर्ताको राम्रो जबाफ आएको कम्पनीको भनाइ छ। लन्च भएको केबल चार घण्टामा नै यसका प्रयोगकर्ता ५० लाख नाघेका छन्।
थ्रेड्स एपलाई सयभन्दा बढी देशमा एप्पल एप र गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ। नियामकीय चिन्ताका कारण यो एपलाई युरोपियन युनियनमा लन्च गरिएको छैन।
यो एपमा ५०० अक्षरसम्म लेख्न र लिंक, फोटो तथा भिडियो पनि सेयर गर्न सकिन्छ। साथै भिडियोको समयसीमा पाँच मिनेट रहेको छ।
विश्लेषकका अनुसार इन्स्टाग्रामसँग जोडिएको थ्रेड्सले लगानीकर्तालाई विज्ञापनको अवसर दिन सक्छ। माइक्रोब्लगिङ कम्पनीका नयाँ सिइओ आफ्नो संघर्षरत व्यवसायलाई पुनर्जीवित गर्ने कोसिस गरिरहँदा ट्विटरको विज्ञापनमा थ्रेड्सले तलमाथि गर्न सक्छ।
महिनाअघिदेखि मस्क र जुकरबर्गबीच चलेको ‘दोहोरी’ पछि यो एप आएको हो। यी दुवै धनाढ्यले लस भेगासमा ‘केज म्याच’ लड्ने धम्की पनि एकअर्कालाई दिए थिए।
गत वर्ष अक्टोबरमा मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। तर कर्मचारीको कटौती र कन्टेन्ट मोडोरेस विवादबीच विज्ञापनदाता पलायन हुन थालेपछि यसको मूल्य कम भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
