निजामती कर्मचारी सेवा ऐन ल्याउने लुम्बिनी सरकारको निर्णय प्रदेश सरकार स्थापना भएको ६ वर्षपछि लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले कर्मचारीको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।
बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभासमक्ष पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिनुभयो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीको वृद्धि विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र यो छिट्टै कार्यान्वयनको चरणमा जाने बताउनुभयो ।
सबैको सुझाव समेटेर ऐन तयारी भएको मुख्यमन्त्री चौधरीको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
