अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वका महिला र बालिकाहरूका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको कडा सङ्घर्षको उपलब्धि कदरयोग्य भएको वताउनु भएको छ।
कार्यकारी निर्देशक क्याथरिन रसेल भन्नुहुन्छ, “तर लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी छ । वास्तवमा, कोभिड-१९ भन्दा पहिले पनि लैङ्गिक असमानता हाम्रो परिवेशमा सबैभन्दा व्यापक र उल्लेखनीय अन्यायको रूपमा कायम रहेको थियो । यो महामारीको प्रभावले यो अन्याय झन् धेरै गुणाले बढेको छ। कोभिड-१९ को तेस्रो वर्षमा प्रवेश गरेसँगै र महामारीपछिको युगको लागि काम गरेसँगै, सही पुन:स्थापना लैङ्गिकताको हिसाबले समान हुनुपर्छ ।”
युनिसेफका अनुसार, कोभिड-१९ ले बालिकाहरूको जीवनमा नराम्रो असर गरिरहेको छ। बन्द विद्यालयहरू, आर्थिक तनाव तथा सेवामा अवरोधहरूले सबैभन्दा कमजोर बालिकाहरूको स्वास्थ्य, कल्याण र भविष्यलाई जोखिममा पारिरहेको छ। विश्वव्यापी रूपमा, १ करोड दश लाखभन्दा बढी बालिकाहरू महामारीपछि कहिल्यै विद्यालयमा नफर्कन सक्छन् । अर्को दशकमा, थप एक करोड बालिकाहरू बालविवाहको जोखिममा रहनेछन् ।
क्याथरिन रसेल भन्नुहुन्छ, “बन्दाबन्दीले बालबालिकालाई आफ्नो घरमा बढी समय बिताउन बाध्य तुल्याएको हुनाले, बालिकाहरूले अधिक मात्रामा घरेलु कामको जिम्माको बोझ उठाइरहेका छन् । तीमध्ये धेरै जना आफ्ना दुर्व्यहारकर्तासँग नजिक र सुरक्षा प्रदान गर्न मद्दत गर्ने सेवाहरू र समुदायहरूबाट अलग हुन बाध्य भएका छन् । लैङ्गिकतामा आधारित हिंसाका साथमा यौन हिंसा पनि बढ्दै गएको छ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
