नाटोमा सामेल हुने स्विडेनको प्रस्तावलाई समर्थन गर्न टर्की सहमत

स्विडेनले नाटोमा सामेल हुन गरेको आवेदनलाई टर्की संसद्मा स्वीकृतिका लागि पठाएर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान समर्थन गर्न सहमत भएका छन्। एर्डोगान, स्टोल्टेनबर्ग र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनबीच भिल्नियसमा भएको छलफलपछि नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उक्त घोषणा गरेका हुन्।

स्टोल्टेनबर्गले निर्णयलाई ऐतिहासिक दिनका रूपमा स्वागत गर्दै एर्दोगानले स्वीडेनको नाटो सदस्यता लिन जतिसक्दो चाँडो टर्कीको संसद्मा स्वीकृतिका लागि पेस गर्न सहमत भएकामा खुसी व्यक्त गरेका छन् ।

टर्कीले पहिले कुर्दिस कार्यकर्तालाई आश्रय दिएकामा आपत्ति जनाउँदै स्विडेनको नाटो सदस्यता आवेदन रोकेको थियो। कारण, कुर्दिसलाई टर्कीले आतंककारीको रूपमा लिन्छ। यद्यपि, हालैको यो घटनाले टर्कीको अडानमा परिवर्तन आएको संकेत गरेको छ।

उता, टर्कीका राष्ट्रपति एर्दोगानले स्विडेनलाई नाटोमा सामेल हुन पूर्वसर्तका रूपमा टर्कीको ईयू सदस्यताका लागि रोकिएको प्रक्रियालाई पुनर्जीवित गर्न युरोपेली संघलाई आह्वान गरेका छन् ।

टर्की र स्वीडेनबीचको सम्झौताको रूपरेखासहित संयुक्त विज्ञप्ति जारी गरिएको बताइएको छ। टर्कीको ईयू सम्मिलन प्रक्रियालाई पुनर्जीवित गर्ने प्रयासलाई स्विडेनले सक्रिय रूपमा समर्थन गर्ने कुरालाई सम्झौतामा जोड दिइएको बताइन्छ। यसबाहेक ईयू-टर्की सीमा भन्सारको आधुनिकीकरण र भिसा उदारीकरणजस्ता पहल समावेश छन्। यो सहमतिले आतंकवादविरोधी प्रयासमा सहयोग र टर्की-स्विडेनबीच द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको जनाइएको छ ।

स्विडेनको नाटो सदस्यता बिडलाई समर्थन गर्ने टर्कीको निर्णयले टर्कीको विदेश नीतिको अडानमा सम्भावित परिवर्तनलाई संकेत गर्दै एउटा महत्त्वपूर्ण कूटनीतिक विकासको संकेत गरेकाे विश्लेषकले बताएका छन्। त्यस्तै, यस सम्झौतामा महत्त्वपूर्ण पूर्वसर्तको रूपमा टर्कीको ईयू सदस्यताको पुनरुत्थान हुनेछ।

जिएनबी

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
नाटोमा सामेल हुने स्विडेनको प्रस्तावलाई समर्थन गर्न टर्की सहमत
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link