अमेरिकाले नेतृत्व गरेको विश्वअर्थतन्त्रबाट भरपूर लाभ उठाएर नै चीनको यो परिवर्तनशील विकास सम्भव भएको हो। यदि चीन आफ्नो आर्थिक बृदिदरलाई कायमै राख्न चाहन्छ भने उसले रसियासँग होइन पश्चिमी विश्वसँगको आफ्नो सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ।
–जोन युआन जियाङ
युक्रेन संकटमा फसेका आफ्ना नागरिकहरूको उद्दारको काम त्यहाँको चिनियाँ दूतावासले अन्य देशहरूको तुलनामा निकै ढिलो गर्यो। उद्दारको काम पनि हतार–हतारमा गर्यो। यसको संकेत बेइजिङले रुसले युक्रेनमाथि कारवाहीको गर्छ भन्ने पूर्वजानकारी पाएकै थिएन वा चीनले त्यस गम्भीरताका साथ लिएको थिएन भन्ने थियो ।
केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनका विषयमा चीनले आफ्नो अडानलाई योग्यताका आधारमा निर्णय गर्ने र सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने कुरामा जोड दिएका थिए।
रुस र चीनको ‘अपार’ मित्रताको भनेर घोषणा गरे पनि बेइजिङले रुस को निन्दा गर्ने प्रस्तावमा मतदान गर्ने क्रममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक र त्यसपछिको महासभाको बैठकमा अनुपस्थित भइदियो, अर्थात रुसको समर्थन गरिदिएन । यस कुराले मस्कोको युद्धप्रतिको चीनको सूक्ष्म कूटनीतिक अस्वीकृतिलाई संकेत गर्दछ।
युक्रेन संकटप्रति बेइजिङको यो प्रतिक्रियाले सबैको ध्यान केन्द्रित गरेको छ।
केही जानिफकारहरू रुसको यो सैन्य कारबाहीका कारण पश्चिमाहरूको ध्यान चीनबाट हटेर अन्तै केन्द्रित हुने र यसबाट चीनलाई रणनीतिक फाइदा पुग्न सक्ने तर्क गर्छन्। जसरी ९-११ को आतंकवादी हमला पछि शुरू भएको अफगानिस्तान र इराक युद्धका कारण चीनलाई संयुक्त राज्य अमेरिकाबाट केही मनमुटावका बीच पनि विकासका लगभग “सुनौलो” दशक प्राप्त भएको थियो।
यद्यपि, त्यस्ता निष्कर्षहरूमाथि प्रश्न उठ्न पनि सक्छन्। चीनको समृद्धि विश्व आर्थिक संलग्नतामा आधारित छ, विशेष गरी विकसित र प्राविधिक रूपमा उन्नत पश्चिमसँग।
यस्तो वातावरण मान्यता प्राप्त अन्तर्राष्ट्रिय कानून र अमेरिकी नेतृत्वको विश्वव्यापी प्रणालीद्वारा विकसित गरिएको हो।
चीनलाई रुसभन्दा पश्चिमाहरूको आवश्यकता छ
अहिले चीन त्यही प्रणालीसँग आवद्ध भएको छ र त्यहीँभित्रबाट आफ्नो विकास खोजिरहेको छ– स्पष्ट रूपमा तनाव बिना होइन, विशेष गरी हालका वर्षहरूमा त्यो प्रकट पनि भएको छ, चीनले प्रणालीलाई उखाल्न खोज्नुको सट्टा आफ्नो प्रभावको प्रयोग गर्न खोजेको कारण।
रुसको व्यवहार भिन्न छ। आफैँले समेत मान्यता दिएको अनि विश्वव्यापी मान्यता भएको सार्वभौम राज्य युक्रेनमाथि रसियाद्वारा आक्रमण गरिएको छ। क्रेमलिनले यो युद्धको औचित्यहरू प्रस्ताव गरेको छ, जस्तै युक्रेनसँगको ऐतिहासिक सम्बन्ध र जसरी नाटोको विस्तार भयो, त्यसले यसको सुरक्षा चिन्तालाई प्रभावित पारेको छ।
विशेषगरी पुटिन रुसलाई एउटा महाशक्तिको रूपमा पुनर्स्थापित गर्न र पतन भइसकेको सोभियत संघको कमजोर उत्तराधिकारीको रूपमा स्थापित रसियाको छवि बदल्न कटिबद्ध देखिन्छन्। पुटिनका मनमा पश्चिमाहरूले रुसबाट के–के लिएका थिए, त्यो सबै फिर्ता गरिनुपर्छ र त्यो ऐतिहासिक अपमानलाई मेटाउनुपर्छ भन्ने रहेको छ।
पुटिनको स्थितिप्रति चीन सहानुभूति राख्छ। यस्तै तर्कलाई पछ्याउने हो भने सिन्जियाङ र तिब्बत (चीनका स्वायत्त क्षेत्रहरू) र ताइवान (चिनियाँ गृहयुद्धको ऐतिहासिक ओभरह्याङ) लाई तिनीहरूको अद्वितीय पहिचानका कारण जनवादी गणतन्त्र चीनबाट अलग गर्न पनि त सकिन्छ।
र त्यही शिरामा भन्न सकिन्छ, एउटा महाशक्तिको रूपमा उदाउँदो चीन आपसी तनाव कम गर्ने हालैका प्रयासहरूको बेवास्ता गर्दै आफ्ना ऐतिहासिक सम्बन्धहरूका आधारमा रसियासँग आफ्नो पूर्ववत् सुदूरपूर्वी भूभाग फिर्ता माग्न पनि सक्छ। (तर चीनको यस्तो केही गर्ने कुनै मनसाय छैन।)
आफ्नो सापेक्षिक शक्तिलाई ध्यानमा राख्दै बेइजिङले आफ्ना छिमेकी एसियाली देशहरूको तुलनामा दक्षिण चीन सागर विवादलाई अझ बढाउन सक्छ।
तर युक्रेन आक्रमणका क्रमम मस्कोले “जंगलको कानून” वाला तर्क लागू गरेको छ र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना नगरिएको कुरामा पनि कुनै बहाना बनाएको छैन।
मस्कोले शीतयुद्ध पछिका आदेशलाई फिर्ता लिने र आफ्नो पुरानो भव्यतालाई पुनः हासिल गरिछाड्ने लक्ष्य राखेको छ भने बेइजिङ वर्तमान विश्वव्यापी प्रणालीभित्रै आफ्नो भूमिका विस्तार गर्न चाहन्छ।
यस सन्दर्भमा, रुस–चीन सम्बन्धका आयाम सीमित छन्, र क्रेमलिनको दीर्घकालीन रणनीतिक चासोसँग बेइजिङको चासो मेल खाँदैन।
र यदि चीनबाट पश्चिमाहरूको ध्यानलाई भङ्ग गर्न मस्कोले केही गर्न सक्छ भने पनि, बेइजिङलाई यो समस्याग्रस्त रूसी साझेदारलाई सम्हाल्न गाह्रो पर्न भने सक्छ।
रुस चीनको हितमाथि खतरा
बीसौं शताब्दीका प्रख्यात रुसी विद्वान दिमित्री लिखाचेभले भनेका थिए– रुस एउटा अप्रत्याशित राष्ट्र हो, यहाँ अप्रत्याशित रुपमा सत्ता परिवर्तनको लामो परम्परा छ।
मस्कोले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई प्रदान गरेको ओठे समर्थन गरेपनि, शिक्षाविद् इगोर डेनिसोभ र अलेक्ज्याण्डर लुकिनको विचारमा २०२१ मा, पहिलो पटक, एक वरिष्ठ रूसी अधिकारीले पुटिनलाई बीआरआई परियोजनाहरूमा चीनसँगको सहकार्यले रुसको प्रभावलाई कमजोर बनाउने कुरा अवगत गराए।
युक्रेनमा रूसी आक्रमण पछि चिनियाँ इतिहासकारहरूको एक समूहले पुटिनले चीनलाई “मूर्ख” बनाएको टिप्पणी गरेका छन्। यद्यपि दुई देशहरूले “सहयोगका कुनै ‘निषिद्ध’ क्षेत्रहरू नभएको” संयुक्त वक्तव्य जारी गरेका गर्दै बेइजिङले मस्कोलाई १ सय १७ बिलियन डलरभन्दा बढीको ग्यास किन्ने सम्झौताको प्रस्ताव समेत गरेको छ।
फेब्रुअरीको कथनपछि रुसले देखाएको आक्रामकताको बेइजिङलाई झनै एक्लो बनाएको छ। चीनका सरकारी स्वामित्वका बैंकहरूमाथि रूसी वस्तुहरूमाथिको लगानीलाई प्रतिबन्ध लगाए पनि चीनले थप रुसी गहुँ आयात गर्न अनुमति दियो।यसले रूसलाई नयाँ जीवन प्रदान गरेको देखिएकाले बेइजिङमाथि अनावश्यक ध्यान केन्द्रित भएको छ।
विश्लेषक युन सुन तर्क गर्छन्– ‘रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा, चीनको रुससँग महत्वपूर्ण व्यापारिक र वित्तीय सम्बन्ध छ जो अमेरिकी प्रतिबन्धहरूका कारण कमजोर हुनेछ’। तसर्थ, यो चीन–रुस बलियो सम्बन्ध भविष्यमा हुने आर्थिक नोक्सानीका कारण कमजोर हुन सक्छ।
चीनले आफ्नो रुस नीतिमाथि पुनर्विचार गर्नु आवश्यक छ। कम्तीमा पनि अहिलेका लागि बेइजिङले विघटनकारी क्रेमलिनसँग नजिक हुनुले कुनै अर्थ राख्दैन।
( मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनबाट स्नातक जोन युआन जियाङ क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा पीएचडी उम्मेदवार हुनुहुन्छ। लोवी इन्स्टिट्युटको ब्लग द इन्टरप्रेटरबाट)
अनुवाद: –आशुतोष अधिकारी
श्रोत: आइएनएस-स्वतन्त्र समाचार