आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।
विश्व कप क्रिकेटमा अष्ट्रेलिया सर्वाधिक सफल टोली हो । यसअघिका १२ संस्करण आयोजना हुँदा अष्ट्रेलियाले ५ पटक जितेको छ । भारत र वेष्ट इन्डिजले समान २ तथा पाकिस्तान, श्रीलंका र इग्ल्यान्डले समान १ पटक जितेका छन् ।
आजको फाइनल खेल भारतको चौथो र अष्ट्रेलियाको आठौं हो । पछिल्लो पटक यि दुई टोलीबीच सन् २००३ को फाइनल खेल भएको थियो । त्यसपछि का विश्व कपमा भारत २०११ र अष्ट्रेलिया २०१५ को विजेता टोली हो ।
सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए । सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो । यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ । घरेलु मैदानमा उत्कृष्ट फर्ममा देखिएको भारतका लागि अवसर पनि छ । लगातार १० खेलमा जित निकाल्न सफल भारत फाइनलको उपाधि भिडन्त आफ्नो पक्षमा पार्न चाहन्छ ।
भारतीय भारतीय कप्तान रोहित शर्माले भने – ‘खेल निकै रोमाञ्चक हुनेछ । दुवै टिम फाइनलका हकदार हुन् । हामीलाई थाहा छ, अष्ट्रेलिया के गर्न सक्छ भनेर । तर हाम्रो नजर आफ्नै प्रर्दशनमा छ । हामीलाई विपक्षी टिममा ध्यान दिन जरुरी छैन । हामी हाम्रो योजनामा केन्द्रित छौँ ।’
त्यस्तै अष्ट्रेलियन कप्तान पेट कमिन्सले भने – ‘भारतीय ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीलाई आउट गर्ने विशेष योजना आफुहरुसँग रहेको बताउँदै मोहमद सामीबाट बच्न जरुरी रहेको उल्लेख गरे । हाम्रो टिममा चोटको समस्या छैन । खेलाडीसँग ठुलो म्याच खेल्ने र दबाब झेल्ने अनुभव छ ।’
हेड टु हेड
यि दुई टोलीले एकदिवसीय क्रिकेटमा जम्मा १ सय ५० पटक आमनेसामने भएका छन् । त्यसमध्य अष्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । विश्वकपमा १३ पटक आमने सामने भएका छन् । अस्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ । यो विश्वकपमा यि दुई टोलीको पहिलो खेल भारतले जितेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम