पाकिस्तानमा इन्जिनियरको अभावले विधुतीय सवारी लक्ष्यमा अवरोध

जुहा सिद्दीकी

अक्टोबर २०२३ मा पाकिस्तान सरकारले ३१ कम्पनीहरूलाई विद्युतीय सवारी उत्पादनको लागि अनुमति दिँदा जिप टेक्नोलोजी त्यो प्रतिष्ठित सूची मध्यको एक कम्पनी थियो। सेप्टेम्बर २०२२ देखि लाहोरमा दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको कारखाना सञ्चालन गरिरहेको यस कम्पनीले २०२३ मा ग्राहकका लागि मात्र १० वटा बाइक र एउटा ब्याट्री फेर्ने स्टेसन बनाएको थियो। यसले व्यापारिक स्तरमा उत्पादन र बिक्री गर्न सक्षम छ । तर जिपको अगाडी एउटा नयाँ चुनौती छ त्यो हो प्रतिभाको कमी।

कम्पनीले गत वर्ष आफ्ना २५ जना कर्मचारीहरूलाई विद्युतीय सवारीको प्रविधिहरूमा तालिम दिनको लागि महत्त्वपूर्ण समय र पैसा लगानी गर्नुपरेको थियो। “हामीसँग धेरै जनशक्ति छ तर धेरै विशेषज्ञता छैन,” जिपका सीईओ हसन इकबाल खानले भने । “हामी हाम्रा कर्मचारीहरूलाई तालिम दिन सक्छौँ र हाम्रो कम्पनीले त्यही गरिरहेको छ।” खानले भने

अहिले जिपको कारखानाका कामदारहरू ब्याट्रीहरूलाई बाँकी गाडीसँग सञ्चार गर्न सक्षम बनाउने इम्बेडेड सफ्टवेयर प्रणालीको बारेमा सिक्दै छन्।

“पाकिस्तानमा एम्बेडेड सफ्टवेयर विशेषज्ञहरूको अभाव छ, राम्रो प्रोग्रामवरहरू फेला पार्न गाह्रो छ,” खानले भने। अहिलेसम्म अधिकांश कम्पनीहरूले चीनबाट ड्राइभ-ट्रेनजस्ता पूर्ण रूपमा अलग अलग पार्टपुर्जाहरू आयात गर्दै स्थानीय रूपमा जम्मा बाइक बनाउदै आएका छन्। “यदि आफैँले यी सबै गर्न थाल्ने हो भने कम्पनीहरूलाई क्षमतावान् प्रतिभा खोज्न समस्यामा पर्ने खानले बताए।

पाकिस्तानले २०१९ मा आफ्नो राष्ट्रिय विद्युतीय सवारी नीति घोषणा गर्‍यो त्यस समय देखी विद्युतीय सवारी सम्बन्धित विशेषज्ञताको खडेरी छ। यस नीति अनुसार २०३० सम्ममा देशमा ३० प्रतिशत र २०४० सम्म ९० प्रतिशत विद्युतीय सवारी बिक्री सुनिश्चित गर्ने उच्च लक्ष्य छ। हरेक वर्ष पाकिस्तानमा लगभग २५ हजार विद्यार्थीहरूले विभिन्न विधामा स्नातक इन्जिनियरिङ डिग्री गर्दछन्। तैपनि विद्युतीय सवारी  क्षेत्रमा प्रशिक्षित कामदारहरूको तीव्र अभाव छ। हबिब विश्वविद्यालय र लाहोर व्यवस्थापन विज्ञान विश्वविद्यालयले इन्जिनियरिङ विद्यार्थीहरूका लागि विद्युतीय सवारी विशेषज्ञता पाठ्यक्रममा समावेश गरेको छ । पाकिस्तानी शिक्षाविद् र उद्योग विज्ञहरूले यतिले मात्रै सरकारको लक्ष्य पूरा गर्न पर्याप्त नभएको बताए।

“सरकारको लक्ष्य र देशको राज्य कार्य शक्ति बिच आधारभूत विच्छेद छ,” कराँचीको हबिब विश्वविद्यालयमा विद्युतीय सवारी सम्बन्धी पाठ्यक्रम पढाउने हलिमा कमरले बताइन्। कमर विश्वविद्यालयमा विद्युतीय सवारी सम्बन्धी पाठ्यक्रम पढाउने एक मात्र प्राध्यापक हुन्। विद्यार्थीहरू यस छेत्रमा काम गर्न असक्षम छन् किनभने तिनीहरूसँग “हार्डवेयर विशेषज्ञता छैन। साथै अनुसन्धान प्रयोगशाला निर्माण गर्न र सो को लागि मेसिनरी पहुँच प्राप्त गर्न धेरै महँगो छ।” उनले भनिन् ।

तालिममा पर्याप्त लगानी नगरी सरकारले लक्ष्य हासिल गर्न नसक्ने कमरले बताइन् । ” विश्वविद्यालयहरूमा अनुसन्धान प्रयोगशालाहरू हुनु आजको आवश्यकता हो । यसले विद्यार्थीहरूको हाते सीपलाई अनुभव प्रदान गर्दछ । उनीहरू स्नातक सकेपछि यस सिपको प्रयोग गर्न सक्छन्,” उनले भनिन्।

सरकारले ईभी क्षेत्रमा दक्ष कामदारको अभावलाई के कसरी हटाउने योजना बनाएको छ भनेर बुझ्नको लागि रेस्ट पाकिस्तान इन्जिनियरिङ विकास बोर्ड र जलवायु परिवर्तन मन्त्रालयलाई सम्पर्क गर्दा केही जवाफ प्राप्त भएन।

लाहोर व्यवस्थापन विज्ञान विश्वविद्यालयका सह-निर्देशक नाभिद अरशदका अनुसार विद्युतीय सवारीलाई अझ बढी प्रवर्धनका लागि पाकिस्तानलाई लिथियम-आयन ब्याट्री प्याकहरू विकास गर्न सक्ने क्षमता भएका योग्य र सक्षम इन्जिनियरहरू चाहिन्छ । पाकिस्तानमा त्यस्ता सीप भएकाहरूको धेरै अभाव छ। ” धेरै थोरै इलेकट्रिकल इन्जिनियरहरू भएको पाकिस्तानमा उच्च विशेष पावर इलेकट्रोनिक्स इन्जिनियरहरू, एम्बेडेड सफ्टवेयर इन्जिनियरहरू र विद्युतीय सवारी  सफ्टवेयर इन्जिनियरहरू त झन् धेरै कमी रहेको छ ” उनले भने।

कुनै औपचारिक प्रशिक्षण बिना विद्युतीय सवारी स्पेसमा काम गर्न चाहने युवा इन्जिनियरहरूले धेरै सङ्घर्ष गरिरहेका छन्।

२०१८ मा हबिब विश्वविद्यालयबाट इलेकट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गरेका ओसामा रिजवानका लागि विद्युतीय सवारी  कम्पनीमा जागिर पाउन धेरै गाह्रो थिएन। तर आफ्नो स्नातक पाठ्यक्रम अझै राम्रो र कार्यमा पूर्णता ल्याउने भएको भए असल हुने ठान्दछन् । ” पक्कै म चाहन्छु कि हामीले कम्तीमा स्थानीय उद्योगहरूमा पहुँच बनाउने, उनीहरूसँग मिलेर परियोजनाहरू गर्ने र उद्योगहरूसँग केही अनुसन्धान-केन्द्रित काम गरेमा धेरै राम्रो हुनेछ,” उनले भने ।

“विश्वविद्यालयले शैक्षिक पक्षको साथै एउटा अनुसन्धान प्रयोगशाला स्थापना गरी विद्यार्थीहरू र सवारी उत्पादकका बिच सहकार्य गराउन सक्छ । यो अति महत्त्वपूर्ण छ,” रिजवानले भने। उनका अनुसार अमेरिकी विश्वविद्यालयहरूले यसरी नै उद्योगहरूसँग सहकार्यमा काम गर्छन्।

सार्वजनिक विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थीहरूका लागि विद्युतीय सवारी  क्षेत्रमा लाग्दा ठुला चुनौतीहरू आउँछन्। मुजाहिद अब्दुल्लाले लाहोरको सरकारी स्वामित्वको युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीबाट २०२० मा इलेकट्रिकल इन्जिनियरिङमा स्नातक गरे। जब उनले लाहोर व्यवस्थापन विज्ञान विश्वविद्यालयको ऊर्जा संस्थानमा एम्बेडेड सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्न थाले उनले सुरुदेखि नै  गर्नुपर्‍यो। “युनिभर्सिटी अफ इन्जिनियरिङ को पाठ्यक्रम सामान्य विषयहरूमा थिए, कुनै विशिष्टता थिएन,” उनले भने ।

तीन पाङ्ग्रे सवारी साधनहरूको ब्याट्री-स्वपिङ टेक्नोलोजीहरूको अनुसन्धान गर्न दुई वर्ष भन्दा बढी समय बिताइसकेका अब्दुल्लाको सिकाइको पाटो अझ कठोर छ। “एक इम्बेडेड सफ्टवेयर इन्जिनियरको रूपमा मेरो विशेषज्ञता विद्युतीय सवारी  सफ्टवेयरमा सीमित छ। निजी संस्थानमा काम गरिरहेको कारणले नै मैले यति धेरै सिक्ने अवसर पाएको हो,” उनले भने।

पाकिस्तानको पहिलो इलेक्ट्रिक बाइक-एसेम्बली कम्पनी जोल्टा इलेक्ट्रिकका सह-संस्थापक उस्मान शेखका अनुसार दक्ष कामदारको अभावका कारण तालिममा लगानी गरिरहँदा स्थानीय वा विदेशी प्रतिस्पर्धी कम्पनीहरूले लगातार क्षमतावान्  दक्ष जनशक्ती खोसेर लैजाने जोखिम छ।

“पाकिस्तानका मानिसहरू देशहरू छाड्ने प्रवृत्तिमा गिरावट आएको छ, यो सामान्य कुरा हो,” शेखले भने । उनका अनुसार भारत र भियतनाम जस्ता अन्य धेरै देशहरूमा विद्युतीय सवारी एसेम्बली र उत्पादन चर्को गतिमा भइरहेको छन्। “पाकिस्तानले २०१८ मा विद्युतीय सवारीको उत्पादन सुरु गर्दा यहाँ कसैलाई थाहा थिएन। पाकिस्तानको राजनीतिक अवस्थाका कारण, प्रगति शून्य भएको छ र उद्योगमा मनोबल पनि साँच्चै कम छ” शेखले भने।

मुजाहिद अब्दुल्लाका अनुसार उनका धेरै सहपाठीहरूले देश छोडिसकेका छन्। “मेरो इलेकट्रिकल इन्जिनियरिङ २०२० ब्याचमा १६४ विद्यार्थीहरू थिए। कम्तीमा ४० जना अहिले विदेशमा छन् र धेरैले टेस्ला र लुसिड मोटर्स जस्ता नामी कम्पनीमा काम गरिरहेका छन्,” उनले भने।

केही विद्युतीय सवारी स्टार्टअपहरूले मिल्दोजुल्दो क्षेत्रहरूमा रहेका प्रतिभाहरूमा आशा गरिरहेका छन्। इस्लामाबादको विद्युतीय सवारी  एसेम्बली कम्पनी ईजीबाईकका सीइओ मोहम्मद हादी पाकिस्तानको मोटरसाइकल उत्पादनको समृद्ध इतिहासले ई-बाइक उत्पादनको भविष्यलाई समर्थन गर्ने आसमा छन्। मेकानिकल र ईलेक्ट्रीकल ईन्जिनियरिङ्का बिच विद्युतीय सवारी सक्षम प्रतिभाको कमी हुने आशङ्का गर्दा हादीले अहिले चाँडै अभाव नदेखिने कुरा बताए । “त्यसैले भारतमा प्रतिभाको कमी छ किनभने तिनीहरूमा विद्युतीय सवारी  क्षेत्रमा ठुलो प्रगति भएको छ। तर पाकिस्तानमा विद्युतीय सवारी  उद्योगमा दुई सय जनाले काम गरिरहेका छन् र हामी अहिलेसम्म त्यो बिन्दुमा पुगेका छैनौँ, ”हादीले भने।

हादी पाकिस्तानको मोटरसाइकल उत्पादन गर्ने प्रतिभाले ईभी छेत्रमा इतिहास दोहोर्‍याउन सक्ने आशा राख्छन्। “पाकिस्तानको ४० वर्ष पुरानो मोटरसाइकल उत्पादनको इतिहासले हामीले ठुलो फाइदा पुर्‍याउनेछ,” उनले भने।

 

(जुहा सिद्दीकी पाकिस्तानको कराचीको रेस्ट अफ वर्ल्डमा लेबर एक्स टेक रिपोर्टिङ फेलो हुन् ।)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link