बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठ स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिनुभयो।
“बाँकेमा सबै स्वास्थ्य संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कअनुसार पछिल्लो समय कुष्ठरोगबाट बालबालिका प्रभावित भएको पाइएको हो”, उहाँले भन्नुभयो, “खुला सिमानाका कारण बाँकेबाट छिमेकी मुलुक भारतमा बढी आवतजावत हुने भएकाले कुष्ठ रोगको जोखिम घट्न सकेको छैन।”
सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकाले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।
बाँकेको जानकी गाउँपालिकामा आइएनएपले सञ्चालन गरेको साइनिङ अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा ६० नयाँ कुष्ठरोगी फेला परेका छन्। तीमध्ये २९ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल चौधरीले जानकारी दिनुभयो।
उहाँका अनुसार साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन्। बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ।
“कुष्ठरोग प्रकोप दर घटेको छैन, गत वर्ष पनि छ महिनाको तथ्याङ्कमा ५१ जना नयाँ बिरामी फेला परेकामा २५ जना बाँकेकै थिए”, प्रमुख चौधरीले भन्नुभयो, “लुम्बिनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा रहेको छ।”
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले समाजमा अझै पनि कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको जनाउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो।
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा आरके झाले कुष्ठरोगको रोकथाम र उपचार सम्भव रहे पनि सबैमा जनचेतना पुग्न नसक्दा समाजमा अझै धेरै रोगी लुकेर रहेको बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
