भारतले चुपचाप चीनको आईफोन र अन्य इलेकट्रोनिक पार्टस् उत्पादनको थप बजार भित्राई रहेको छ । सोही कारण दक्षिण भारतको खेतीयोग्य जमिन अहिले धमाधम औद्योगिक क्षेत्रहरूमा परिवर्तन भइरहेको छ ।
श्रीपेरुम्बुदुरस्थित कम्पनीको नाम भन्न असहज हुने हुँदा सर्वसाधारणले एप्पललाई ‘ग्राहक’ भनेर बोलाउँछन् ।
कम्पनीको परिसरमा कामदारहरूको लागि दुई विशाल आवास गृह निर्माण भइरहेको छ । उक्त आवास गृहमा १८ हजार ७२० जना कामदारको लागि आवास सुविधा रहनेछ । यो आईफोन उत्पादनको लागी चीनमा रहेको प्रसिद्ध शेन्जेन वा झेंग्झाउ सहरहरूमा भएजस्तै एक नमुना हो ।
सबैभन्दा धेरै आईफोन उत्पादन गर्ने ताइवानको फक्सकन कम्पनीले भारतको तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा लगानी विस्तार गरिरहेको छ । २०१९ सम्म लगभग ९९ प्रतिशत आईफोन चीनमा बन्ने गरेको थियो ।
धेरै कम्पनीहरूले आफ्नो काम चीन बाहेक अन्य देशहरूमा पनि फैलाउन खोजिरहेको समयमा राष्ट्रिय उत्पादन निर्माण अभियानको रूपमा भारतले त्यो बजार आफूतर्फ आकर्षित गरिरहेको छ । गत वर्ष विश्वका १३ प्रतिशत आईफोनहरू भारतमा बनेका थिए । जसमध्ये तीन चौथाइ तमिलनाडुमा बनाइएको थियो । यही गतिले आगामी वर्षसम्म भारतमा उत्पादनको मात्रा दोब्बर हुने अनुमान गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रवर्धित ‘मेक इन इन्डिया’ नीतिको झन्डै १० वर्ष बितिसक्दा अर्थतन्त्रमा उत्पादन क्षेत्रको वृद्धिदर ठप्प छ । आजको अर्थतन्त्रमा लगभग १६ प्रतिशत योगदान रहेको उत्पादन क्षेत्र २०१४ मा मोदीले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेको भन्दा कम हो । चीन जापान, ताइवान र दक्षिण कोरिया जस्ता एसियाका महारथीको तुलनामा धेरै कम छ ।
भारतलाई अझ बढी रोजगारीको खाँचो छ । नयाँ कारखाना खुल्दा धेरै रोजगारी सिर्जना हुन्छ । गत वर्ष भारत चीनलाई उछिन्दै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बन्यो । जसमा युवा जनसङ्ख्या पनि बढिरहेको छ । तर त्यो जनसाङ्ख्यिक फाइदालाई वास्तविक लाभमा परिणत गर्नु भनेको भारतका कामदारहरूलाई अझ उत्पादक बनाउनु हो । तर तीमध्ये आधा अझै पनि खेतीमा निर्भर छन्।
तमिलनाडुमा भइरहेको विकासले भारतलाई अगाडिको बाटो देखाउन सक्छ । ७ करोड २१ लाख जनसङ्ख्या भएको यो राज्य पूरै भारतलाई नमुनाको रूपमा देखाउन सफल भएको छ । २०२१ मा केन्द्रीय सरकारले देशभर इलेकट्रोनिक उत्पादनमा अनुदान दिन थालेपछि नयाँ दिल्ली छेउका नोएडा जस्ता ठाउँहरूमा कम्पनीहरूको भीड हुन थालेको थियो ।
तर तमिलनाडुका लागि त्यो प्रोत्साहन मुख्य आकर्षण होइन । तमिलनाडुका उद्योग मन्त्री टीआरबि राजा राज्यको स्कुल, यातायात, इन्जिनियरिङ स्नातकहरू जस्ता कुराहरूले आफ्नो राज्यलाई आकर्षणको केन्द्र बनाएको ठान्दछन् । “हामीले हाम्रो विकासलाई अन्य भारतीय राज्यहरूसँग कहिल्यै तुलना गर्दैनौँ, “हामी आफूलाई स्क्यान्डिनेभियाली देशहरूको वृद्धिको तुलना गर्दै ती देशभन्दा बढी वृद्धिदरमा जाने नीति र सोच बनाउछौँ, उनले भने ।
मन्त्री टीआरबी राजा र तमिलनाडुका अन्य प्रवर्द्धकहरू आफ्नो राज्यले निर्माण गरेको मानव स्रोत र विशेष गरी यसमा सबल महिलाहरूमाथि गर्व गर्छन् । जहाँ अन्य राज्यहरूमा थोरै महिलाहरू औपचारिक क्षेत्रमा काम गर्दा तमिलनाडुमा धेरैले औपचारिक क्षेत्रमा गर्दछन् । भारतको कारखानामा काम गर्ने कुल महिला कर्मचारीहरू मध्ये ४३ प्रतिशत तमिलनाडुका छन् ।
तमिलनाडुका केही क्षेत्रहरू पहिले देखि नै औद्योगिक क्षेत्रको रूपमा सञ्चालनमा छन् । कार र कारका पार्टस्हरुका कारखाना राजधानी चेन्नईदेखि सामुद्रिक तटसम्म फैलिएको छ । पश्चिमी कोइम्बटूर उपत्यकामा डाई–कास्टिङ र पम्प निर्माणका कारखानाहरू छन्। तिरुपुरमा कपडाको कारखानाहरू छन् भने देशको सबैभन्दा ठुलो सलाई बनाउने कारखाना शिव काशीमा छ ।
भारत आईफोन जस्ता उच्च–स्तरका सामानहरू उत्पादनमा लागि रहेको कुरा उल्लेखनीय छ । बङ्गलादेश र भियतनाम जस्ता साना र कम विकसित देशहरूसङ टी–सर्ट वा स्नीकर जस्ता उच्च स्तरका चीजहरू बनाउन कहिल्यै भारत अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बन्न सकेको छैन।
भारतले उच्च मूल्यको इलेकट्रोनिक उत्पादनको श्रेणीमा उक्लने अपेक्षा गरिएको यो शताब्दीको पहिलो पटक भने होइन। न त पहिलो पटक तमिलनाडु यसको लागि उत्कृष्ट सुरुवात जस्तो देखिन्थ्यो। फिनल्यान्डको नोकियाले श्रीपेरुम्बुदुरको सरकारी योजनाबद्ध औद्योगिक क्षेत्रको केन्द्रमा २००६ मा ठुलो कारखाना निर्माण गर्यो। यसले भारत र विश्वका लागि लाखौँ फोनहरू वार्षिक रूपमा बनाउनु पर्ने थियो। २००९ को विश्वव्यापी वित्तीय सङ्कटले ती योजनालाई विफल गरायो।
सुरुमा अटो निर्माणमा आफ्नो अनुभवका कारण श्रीपेरुम्बुदुर आकर्षक थियो। भारतले आफ्नो अर्थतन्त्रलाई विदेशी लगानीका लागि खुला गरेपछि र तमिलनाडुले आफ्नो पहिलो राज्य विकास कोष स्थापना गरेपछि हुन्डाईले सन् १९९६ मा आफ्नो कारखाना खोलेको थियो। सिसा र आधारभूत विद्युतीय सामानहरू बनाउने कम्पनीहरू पनि आउन थाले । पुरानो नोकियाको ठाउँ एप्पल जस्ता कम्पनीहरूको लागि पावर चार्जरहरू बनाउने एक स्थानीय कम्पनी सालकम्पद्वारा पुनर्निर्माण गरिएको थियो । यसको वरिपरि दर्जनौँ स्यामसंग, डेल र अन्य धेरै ठुला बहुराष्ट्रिय इलेकट्रोनिक कम्पनीहरूका साथै अन्य एप्पल सहयोगी कम्पनीहरू सञ्चालनमा आए।
भारतको गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीमा फक्सकनका प्रमुख कार्यकारी यंग लिउलाई देशको तेस्रो–सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरिएको थियो। “हामी भारतमा उत्पादन र समाज सुधारको लागि आफ्नो आफ्नो क्षेत्रमा काम गरौँ “ उनले भने ।
साना, मध्यम र ठुला व्यवसायहरूको फस्टाउँदै गरेको अवस्थाले तमिलनाडुको सफलतामा योगदान पुर्याउँछ। ती मध्ये एक लगभग छ मिलियन डलरको राजस्व भएको कम्पनी श्रीपेरुम्बुदुरको सान्क्राफ्ट इंडस्ट्रीज हो । जसले अन्य कम्पनीहरूको लागि मोल्डेड प्लास्टिक पार्ट्स बनाउँछ।
एक कम्पनीका संस्थापक अमित गुप्ता भन्छन्– ‘नोकियाले यहाँ इकोसिस्टम ल्याएको र फिनल्यान्डका इन्जिनियरहरूले विश्वव्यापी मापदण्ड बनाउन धेरै काम गरेका थिए।’ एक फ्रान्सेली कम्पनी स्नाइडर इलेक्ट्रिकसँग कामको अनुभवले उनलाई दक्षिण कोरिया, ताइवान र चीनबाट हालैका समयमा आएकाहरूसँग कसरी आफ्नो कार्यहरू एकीकृत गर्ने भनेर सिकायो।
तमिलनाडुले पश्चिमी र पूर्वी एसियाली स्वादहरू पूरा गर्ने रेस्टुरेन्टहरू र किराना पसलहरूलाई आकर्षित गरेको छ। “यो चीनको सानो संस्करण जस्तै छ,“ १५ वर्ष पहिले शेन्जेनमा काम गरेका अमित गुप्ता भन्दछन्।
विश्वव्यापी आपूर्ति शृङ्खलाको कम्तीमा पनि केही भागमा भारतले चीनलाई स्थानान्तरण गर्ने सम्भावनाको बारेमा भारत र विदेशमा उत्साहको कमी छैन। गत वर्ष एप्पलका प्रमुख कार्यकारी टिम कुकले भारतमा देशको पहिलो एप्पल स्टोरको उद्घाटन गरेका थिए ।
समग्रमा हेर्दा तमिलनाडुमा फर्च्युन ५०० मध्यका १३० भन्दा बढी कम्पनीहरू व्यापार गरिरहेका छन्।
श्रीपेरुम्बुर अझै नयाँ कम्पनीहरू आउन बाँकी छ। अमेरिकी ग्लासमेकर कर्निङले आईफोनको गोरिल्ला ग्लास स्क्रिन उत्पादन गर्न सक्ने कारखाना स्थापना गरिरहेको छ । भियतनामको भिनफास्ट अटोले विद्युतीय सवारी साधन बनाउन २ अर्ब डलरको कारखाना खोल्ने घोषणा गरेको छ।
यस राज्यका उद्योग मन्त्री टीआरबी राजा स्मार्टफोनहरूमा रोकिएका छैनन्। उनी र तमिलनाडुका अन्य अधिकारीहरूले सस्तो चीजहरू धेरै मात्रामा बनाउने थप व्यवसायहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्। यदि बाँकी देशले तमिलनाडुलाई पछ्याउन सक्यो भने भारतले आफ्नो युवा र बढ्दो जनसङ्ख्याको आवश्यकता अनुसार कम–दक्षका रोजगारीहरू उत्पादन गर्न सक्षम हुन सक्छ।
टीआरबी राजाले जनवरीको पहिलो साता लेदररहित जुत्ताहरूमा केन्द्रित विदेशी लगानीकर्ताहरूलाई नयाँ नयाँ औद्योगिक समूहमा समावेश गर्ने योजनाहरूका साथ आकर्षण गर्ने प्रयास भएको बिताए। श्रीपेरुम्बुदुरको लगभग १४० माइल दक्षिण पेराम्बलुरमा नाइक्स, एडिडेसेस र क्रोक्सहरू उत्पादन हुन थालेका छन्।
एलेक्स ट्राभली नयाँ दिल्लीमा रहेको द टाइम्सका भारत र बाँकी दक्षिण एसियामा व्यापार र आर्थिक मामिलाहरू हेर्ने संवाददाता हुन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने