पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग, प्रहरीको सर्वत्र आलोचना

कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग गरेको हो ।

उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी ‘विद्युतीय कारोबार कसुर’अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घ शाखा कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अबस्थीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि प्रहरी हिरासतमा राखिएका दुवै जना पत्रकारलाई थुनामुक्त गर्न माग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले व्यक्तिगत फेसबुक पेज तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा व्यक्तिगत चरित्रहत्या गरेको भन्ने विषयमा परिवर्तित नाम थर कञ्चनपुर ७५ (५०) बाट विद्युतीय कारोबारसम्बन्धी शीर्षकमा जाहेरी दर्ता भएकाले दुवै जनालाई अदालतको अनुमतिअनुसार पक्राउ गरिएको जनाएको छ । प्रहरीले कुँवरलाई सुकासाल र भट्टलाई गड्डाचौकीबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए। कञ्चनपुर प्रहरीको कार्यशैलीलाई लिएर निरन्तर समाचार प्रकाशन तथा सम्प्रेषण भइरहेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले पत्रकारलाई पक्राउ गरिएको विभिन्न सञ्चार संस्थाहरूको ठहर छ।

उनीहरूले भनेका छन्-  ‘पत्रकारद्वयको तुरुन्त रिहाईका लागि सम्बन्धित पक्षसँग माग गर्दछौ र माग सम्वोधन नगरिएमा पत्रकारहरु चरणवद्ध आन्दोलनमा जाने जानकारी समेत गराउदछौं।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link