पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव फेला परेको हो।
घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको नुहाएर घर फर्किने क्रममा धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको हो।
स्थानीयले बताए अनुसार मृतक १९ वर्षीय पद्मा सुनार दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन जान्छु भनेर निस्किएकी थिइन्। उनी अबेर साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको थियो।
रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार सुनार कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार– ‘मृतकको घाँटी, पाखुरा र औलाहरूमा गहिरो चोट लागेको छ, घटनास्थलको प्रकृति हेर्दा पद्मालाई नियोजित रूपमा हत्या गरेको देखिन्छ।’
घटनामा संलग्न र कारणबारे प्रहरीले तीव्र रूपमा अनुसन्धान अगाडि बढाएको छ। सो अनुसन्धानको लागी भैरहवाबाट कुकुरसहितको टोली घटनास्थल पुगिसकेको छ। हत्याको कारण यहीँ भनेर यकिन गर्न सक्ने अवस्था नभएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो। चन्दका अनुसार– ‘हामी सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेका छौँ। छिटो भन्दा छिटो यसलाई टुङ्गोमा पुर्याउँछौँ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
