मार्च महिनाले बनायो विश्वव्यापी गर्मीको नयाँ कीर्तिमान

सन् २०२४ मार्चले विश्वमा सबैभन्दा बढी गर्मि भएको महिनाको रुपमा रेकर्ड राखेको छ। बितेको १० महिनामा  हरेक महिनाले गत महिनाको तापक्रम रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै आएको युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवाले जनाएको छ।

युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवाका अनुसार-  ‘ यो मार्च महिना सहित त्यस अघिका १२ महिना विश्वको इतिहासमा सबैभन्दा बढी तापमान भएको महिनाहरूको रुपमा देखिएको छ।

अनुगमन सेवाको उपनिर्देशक समन्था बर्गेशका अनुसार- ‘हरेक महिना तापक्रम बढिरहने प्रवृत्ति चिन्ताको विषय हो । तापक्रमको रेकर्ड बढ्दै जानु पृथ्वीमा तीव्ररूपमा जलवायु परिवर्तन भइरहेको कुराको साक्षी हो”।

युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवासँग सन् १९४० देखिको विश्व तापक्रम र मौसम  सम्बन्धी जानकारी रहेको छ। सो सेवाका अनुसार गएको मार्च महिना औद्योगिक क्रान्तिपूर्व समयदेखिको सबैभन्दा बढी गर्मी महिनाको रूपमा देखिएको छ। यसका साथै सन् २०२३ पृथ्वीको इतिहासमा सन् १८५० पछिको सबैभन्दा गर्मी वर्षको रुपमा रहेको छ।

चरम मौसम र असाधारण तापक्रमले यसवर्ष पनि विनाश निम्त्याएको छ। एमेजोनको खडेरी, भेनेजुएलाको डढेलो साथै दक्षिण अफ्रिकाको खडेरीहरु यसका केही उदाहरणहरू हुन्। विभिन्न ठाउँका खडेरीहरूले गर्दा लाखौं मानिसहरुले भोकमारीको सामना  गर्नुपरेको छ।

त्यस्तै जैविक तथा समुन्द्री जीव जनावर सम्बन्धी विशेषज्ञ तथा वैज्ञानिकहरूले बढ्दो तापक्रम र चरम मौसमले समुन्द्री जीवनचक्रलाई पनि धेरै असर परिरहेको र अहिलेको अवस्था विश्वको इतिहासमा सबैभनद खराब अवस्था रहेको बताउँदै आएका छन्।

असाधारण गर्मीको मुख्य कारण मानव उत्सर्जीत हरितगृह ग्यास नै हो। यसका साथै तापक्रम बढाउने अन्य कारणहरुमा पूर्वी प्रशान्त महासहरको सतहमा पानीलाई न्यानो बनाउने ‘एल निनो’   मौसम प्रवृत्ति रहेको छ।गएको पाँच महिनामा यो मौसम प्रवृत्ति केहि कम भएपनि विश्वको औसत समुद्री सतहको तापक्रम भने सबैभन्दा बढी रहेको सो सेवाले बताएको छ ।

इम्पेरियल कलेज लन्डनको ग्रान्थाम संस्थाका जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोको अनुसार बढ्दो गर्मि र तापक्रमको मुख्य कारण नै जीवाश्मन इन्धन उत्सर्जन हो। ओटो भन्छन् – “यसको उत्सर्जनलाई कम गर्न असफल भएमा पृथ्वीको तापक्रम बढ्दै जाने र परिणामस्वरूप चरम खडेरी, आगलागि, तातो हावा र भारी वर्षाको सामना गर्नुपर्नेछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link