कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ ।
कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् । कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताउनुभयो ।
उहाँका अनुसार विगत १५ दिनदेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको हो । उहाँले भन्नुभयो, “अहिले कैदीबन्दीको चाप बढेसँगै १० जनालाई त्रिपालमुनि राखेका छौँ ।”
मौसममा आएको परिवर्तनसँगै कैदीबन्दीलाई व्यवस्थापनमा असहज हुने गरेको उहाँले बताउनुभयो । त्रिपालमुनि कैदीबन्दी राख्दा सुरक्षा व्यवस्थामा उच्च सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो । गर्मी मौसम सुरु भएसँगै जाडोमा व्यवस्थापन गरे जसरी व्यवस्थापन गर्न असहज हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “छिमेकी जिल्ला नवलपुर (बर्दघाट– सुस्तापूर्व) कारागार कार्यालय नहुनुले पनि यहाँ कैदीबन्दीको चाप बढेको हो ।” छिमेकी जिल्लाबाट आएका कैदीबन्दी र जिल्लाबाटै आउने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । कारागारमा आएका कैदीबन्दीको व्यवस्थापनका लागि कारागार व्यवस्थापन विभागसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
