रियल म्याड्रिडलाई ३६ औं ला-लिगा उपाधि

३६ औं पटक लिग बिजेता बनेर रियल म्याड्रिडले आफ्नो ३५ औँ  रेकर्ड तोड्दै नयाँ इतिहासमा रचेको छ। म्याड्रिडले क्याडिज विरुद्ध जित हात पर्दै च्याम्पियनसिपमा चार खेल बाँकी रहँदा नै उपाधि सुरक्षित गरेको हो। रियल आफ्नो खेलमा विजयी हुदाँ  र बार्सीलोनाले जीरोनासँग हारेपछि म्याड्रिड लिग विजयी बनेको हो।

यस सिजनको लिगमा एक पटक मात्रै हार बेहोरेको रियल म्याड्रिडले शनिबार काडिजलाई हराएको थियो । उसले दोस्रो स्थानको जिरोनासँग १३ अंकको अग्रता लिएको छ भने बार्सिलोना चार खेल बाँकी रहँदा अ‍ङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ । चार खेल बाँकी रहँदै म्याड्रिडले ८७ अंकका साथ लिग विजेता हुँदा दोस्रो स्थानमा रहेको जीरोनाको ७४ अंक र तेस्रो स्थानमा रहेको बार्सीलोनाको ७३ अंक छ ।

रियल म्याड्रिडले ३४ खेलमा २७ मा विजयी, ६ बराबर र १ मा हार पाएको थियो । ७४ गोलका साथ म्याड्रिड लिगमा सबैभन्दा धेरै गोल गर्ने टिम बनेको छ भने २२ गोल खाएर सबै भन्दा काम गोल खाने टिम पनि म्याड्रिड नै रहेको छ।

आफ्नो मुख्य गोलकिपर, डिफेनडर र अन्य खेलाडी लामो समय घाइते रहँदा पनि म्याड्रिडले युवा खेलाडीहरुको साथमा यो लिग उपाधि जितेको हो । जुड बेलिंगहाम र भिनीसियस जुनियर जस्ता युवा खेलाडीहरुको  प्रभावशाली प्रदर्शनकै कारणले म्याड्रिड लिग बिजेता बनेको हो। बेलिंगहामले यस सिजनमा चार खेल बाँकि रहँदा १७ र भिनीसियस जुनियरले १३ गोल गरिसकेका छन्।

जीतपछि रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले म्याड्रिड यो लिग जितको हकदार भएको बताएका छन्। सञ्चारकर्मीसँग बोल्दै एन्सेलोटीले भने – “खेलाडीहरूको यो सिजनको प्रयास उत्कृष्ट थियो। तर, सिजनको सुरुवातमा केहि खेलाडीहरुलाई चोट लागेपछि हामीलाई झन् सामूहिक रूपमा  जीतको लागी एकीकृत हुन मद्दत गर्‍यो र हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौं” । एन्सेलोटीले यस अगाडि २०१३-१४ मा रियल म्याड्रिडलाई लिग उपाधि जिताएका थिए।

यसै गरि कार्लो एन्सेलोटीले रियल म्याड्रिड प्रशिक्षकको रूपमा दोस्रो लिग उपाधि र आफु प्रशिक्षकको रुपमा १२ औं उपाधि जितेका छन्। एन्सेलोटी स्पेन, इंग्ल्याण्ड, जर्मनी, इटाली र फ्रान्समा शीर्ष लिग उपाधि जित्ने एक मात्र  प्रशिक्षक हुन्।

गत हप्ता च्याम्पियन लिगको सेमिफाइनलको पहिलो खेलमा बायर्न म्युनिखसँग २-२ को बराबरी खेलेपछि  रियल म्याड्रिडले आउँदो बुधबार सेमिफाइनलको दोस्रो लिग आफ्नो घर सान्टियागो बर्नबाउमा खेल्दै छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link