नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जेठ १८ गते राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ। घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु एक सय ५३ रहेको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५२ रहेको छ।
त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा पर्नेछ। निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भँगेराको सङख्या बर्सेनि घट्दो
- रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान
- शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
- नाइजेरियामा सङ्कटकाल घोषणा
- आजदेखि शुक्र अस्त: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?
- मुआब्जाको सहमतिपछि पुनःसञ्चालनमा जलविद्युत् आयोजना
- अन्तत: नौ महिनापछि अन्तरिक्षबाट फर्किए सुनिता र बुच
- दुई सय ३६ ह्याचरी उद्योग बन्द
- अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
- आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
