सार्वजनिक वित्त व्यवस्थापनमा एआई

विश्वभरका सरकारहरूले सार्वजनिक कोषहरू पारदर्शी र प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेको समयमा एआईमा भएको विकास र प्रगतिको कारण वित्त व्यवस्थापनमा आउने दिनहरूमा यो शक्तिशाली सहकर्मीको रूपमा प्रयोग हुन सक्छ । यसले बजेटको पारदर्शिता बढाउन र वित्तीय गतिविधिहरूलाई नीतिगत प्राथमिकताहरूसँग मेल गराउन मद्दत गर्न सक्छ । फलस्वरूप यसले सार्वजनिक वित्तमा जबाफदेहितालाई अझ बढी सहज बनाउन सक्छ ।

एआई: सार्वजनिक वित्तमा एक परिवर्तक?

सार्वजनिक वित्तीय व्यवस्थापनमा एआईको सम्भाव्यताको मूल्याङ्कन गर्न यसको मुख्य कार्यक्षमताहरू बुझ्नु महत्त्वपूर्ण छ । उत्पादनशील (Generative) एआईले मानवीय बुझाइको नक्कल गरेर लेख, चित्रहरूका साथै सफ्टवेयर कोडहरू उत्पादन गरेर सामग्री सिर्जना गर्दछ । जबकि पूर्वानुमान (Predictive) गर्ने एआईले पूर्वानुमानको लागि ऐतिहासिक डेटाको प्रयोग गर्दछ । उत्पादनशील एआई भनेको नम्बरको खेला मात्र नभई यसले डेटाहरूलाई प्रयोग गर्न योग्य रूपमा अनुवाद गरी नीतिगत निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मदत गर्न सक्छ । एआईको भविष्यवाणी गर्ने क्षमताहरूको अभूतपूर्व सटीकताले वित्तीय पूर्वानुमानमा महत्त्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्दछ जसले राम्रो बजेट योजना र स्रोत विनियोजनलाई गर्नलाई सुसूचित गर्दछ। एआईको प्रयोगले जुन गतिमा यी कार्यहरू गर्न सकिन्छ त्यो क्रान्तिकारी छ किनकि यसमा द्रुत गतिमा जानकारी प्रशोधन गर्न सकिन्छ र सो जानकारीहरू निर्णय लिनको लागि तुरुन्तै उपलब्ध हुन्छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ ।

 

एआई र वित्तीय पारदर्शिता बिचको मिलान

वित्तीय पारदर्शितामा गुणस्तर जानकारीको आवश्यक हुन्छ । गुणस्तरका मापदण्डमा जानकारीको पहुँच, व्यापकता, बारम्बार र समयबद्धता समावेश हुन्छ । एआईले व्यापक जटिल डेटालाई प्रयोगकर्ता अनुकूल इन्टरफेसहरू र चित्र मार्फत पहुँचयोग्य बनाउँछ जसले वित्तीय जानकारीको प्रचार-प्रसारलाई तीव्र बनाउन सक्दछ । धेरै स्रोतहरूबाट आएका जानकारीलाई एकीकृत गर्दै वित्तीय प्रतिवेदनको जानकारीहरूको मात्रा र व्यापकता बढाउन सक्दछ । यसबाहेक नियमित जानकारी प्रशोधनमा यसको तीव्रताले समयमै प्रतिवेदन प्रकाशनलाई सहजता दिन्छ । सूचनाका ढाँचाहरू र विसङ्गतिहरू पत्ता लगाई एआईले डेटाको विविधता हटाउन मद्दत गर्दै डेटा विकृतिहरूलाई रोक्न मद्दत गर्दछ।

विभिन्न संस्थाहरूले आफ्नो काममा एआईको लाभ उठाइरहेका छन्। उदाहरणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले एआईलाई राजस्व पूर्वानुमान सुधार गर्न प्रयोग गर्दछ । विश्व बैङ्कले एआईलाई खरिदको सूचना जानकारीहरू छानबिन गर्न र ब्राजिल जस्ता देशहरूमा जालझेल पहिचान गर्न प्रयोग गरिन्छ । एआईले कार्यान्वयन योग्य सार्वजनिक वित्तको गहनता प्रदान गर्दछ । यसले गर्दा सूचनालाई अर्थपूर्ण रूपमा प्रयोग गर्दै तल्लो तहसम्म  परिवर्तन ल्याउन मदत गर्न सक्छ ।

यस क्षेत्रमा अगाडी बढ्नको लागि राजनीतिक र प्राविधिक दुवैको धेरै विषयहरू सुनिश्चितता आवश्यकता छ । सर्वप्रथम उच्च तहमा  राजनीतिक अनुमोदन महत्त्वपूर्ण छ। वित्तीय पारदर्शिताको महत्त्वाकाङ्क्षालाई विकासमा भएको सुधारसँग जोड्नुपर्छ । प्राविधिक सीपको कमी र भाषाको विभाजनलाई सम्बोधन गर्न तत्काल दक्ष क्षमता निर्माणको आवश्यकता छ । अहिले भएको सफ्टवेयर र कर्मचारीहरूको प्रतिरोध जस्ता चुनौतीहरू सामना गर्दै पार पाउन आवश्यक छ । त्यसै गरी एआई-सञ्चालित वित्तीय पारदर्शिताका पहलहरूको सफलता सुनिश्चित गर्न निरन्तर अनुगमन र मूल्याङ्कन महत्त्वपूर्ण छ ।

एआई प्रयोगको लागि संरचना निर्माण :

सार्वजनिक वित्त व्यवस्थापनमा एआई उपयोगका लागि नीति र रणनीतिको आवश्यक छ। स्पष्ट, मापनयोग्य उद्देश्यहरू तय गर्ने र एआई पहलहरू सङ्गठनको मुख्य विचार र लक्ष्यहरूसँग एकीकृत गर्न महत्त्वपूर्ण छ।

यद्यपि,  एआई अवलम्बनमा चुनौतीरहित भने छैन । प्रयोगमा जटिलता, सीपको अभाव, र दरिलो डेटा व्यवस्थापन आवश्यकतालाई सम्बोधन गर्नुपर्दछ । स्थानीय भाषाहरूमा एआई उपकरणहरू विकास गर्नाले सांस्कृतिक र भाषिक रूपमा सान्दर्भिक छन् भन्ने कुरा सुनिश्चित गर्नुका साथै यसले संवादको अन्तरहरू कम गर्दै प्रभावकारिता बढाउँछ । उदाहरणका लागि ब्राजिलको एआई प्रणालीहरूलाई पोर्तुगाली भाषा बोल्ने अधिकारीहरूलाई सहयोग गर्न संसदीय पाठहरूमा तालिम दिएको छ ।

नैतिक विचारहरू सर्वोपरि छन् । एआईले डाटा गोपनीयताको सम्मान गर्नुपर्छ र सेवाहरूमा समान पहुँचको प्रवर्द्धन गर्नुपर्छ । फ्रान्सको नैतिक मापदण्डहरू विरुद्ध एआई प्रणालीहरूको बारम्बारको परीक्षणले पारदर्शिता र निष्पक्षता कायम राख्नको लागि बेन्चमार्क सेट गरेको छ । एआईको कार्यसम्पादन र प्रभावको अनुगमन गर्न एल्गोरिदमको पूर्वाग्रह कम गर्ने, निरीक्षण संयन्त्र र स्पष्ट जबाफदेहिता ढाँचाहरू तयार हुनुपर्छ ।

अबको बाटो

एआई सार्वजनिक वित्तमा एक सम्भावित परिवर्तनकारी शक्तिको रूपमा देखा परेको  छ  । जो,पारदर्शिता, जबाफदेहिता र सार्वजनिक सहभागिता बढाउन सक्षम छ । यो केवल एक साधन मात्र होइन  यो एक रणनीतिक सक्षम कर्ता हो जसले वित्तीय पारदर्शिता र जबाफदेहितालाई पुनः परिभाषित गर्न सक्छ । सार्वजनिक वित्त संस्थाहरूले विवेकसँग नयाँ परिवर्तनलाई सन्तुलन राखेर, सरोकारवालाहरूसँग निरन्तर वार्तामामा संलग्न हुँदै  डिजिटल भविष्यको तयारी गरेर सार्वजनिक कोष व्यवस्थापन गर्न जिम्मेवार, समावेशी र पारदर्शी दृष्टिकोण सुनिश्चित गर्न सक्छन् ।

यसका लागि निम्न कार्य जरुरी छ:

·  एआईलाई यसको  स्पष्ट प्रभावहरूका साथ अँगाल्ने ।

·  नैतिक एआई संरचनामा लगानी गर्ने। परम्परागत रूपमा बहिष्कृत समूहहरूलाई सुरुवातमै समावेश गर्ने ।

·  एआई प्रणालीहरूद्वारा प्रयोग गरिने वित्तीय डेटाको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने बलियो डेटा प्रशासन नीतिहरूको विकासलाई प्राथमिकता दिने ।

·   एआई एकीकरणमा सहज रूपान्तरण सुनिश्चित गर्न कार्यक्षमता निर्माण र कागजात प्रक्रियाहरू द्रुत रूपमा सुरु गर्ने ।

·   सम्भावित समस्याहरू पहिचान गर्न र कार्यान्वयनलाई सुनिश्चित गर्न खुला डाटा र सुरुवाती परीक्षण पहलहरू प्रारम्भ गर्ने।

·   एआई अपनाउने कार्यमा साझा ज्ञान र स्रोतहरूको लाभ उठाउने, प्रविधि प्रदायकहरू, शिक्षाविद्हरू र अन्य सरकारी निकायहरूसँग साझेदारी खोज्ने ।

 

अन्तर्राष्ट्रिय मुद्रा कोषको सार्वजनिक वित्त व्यवस्थापन ब्लगमा प्रकाशित लेख

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link