युरोकप फुटबल प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले हराएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो ।
पोर्चुगलको जितमा बर्नान्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल गरे। सिल्भाले २१ औं मिनेटम गोल गरी पोर्चुगललाई अग्रता दिलाएका थिए। २८ औं मिनेटमा टर्किएका सामेत अकेडिनले आत्मघाती गोल गर्दा पोर्चुगलको अग्रता दोब्बर भयो।
दोस्रो हाफको ५५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गरेपछि पोर्चुगल ३-० गोलले विजयी भएको हो। पोर्चुगलले दुई खेलबाट ६ अंक बटुलिसकेको छ । जितसँगै पोर्चुगल समूह ‘एफ’ बाट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।
दुई खेल खेलेको टर्की भने तीन अंकसहित दोस्रो स्थानमा छ । टर्कीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । दुई–दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
पोर्चुगलले अब समूह चरणको अन्तिम खेल जर्जियासँग खेल्नेछ। समूहको शीर्ष दुई टिम सिधै अन्तिम १६ मा पुग्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
