उरुग्वे र पानामा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वे अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।
तर, दोस्रो हाफमा भने उरुग्वेले निर्णायक गोल गरेको हो । खेलको ६६ औं मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।
उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ ।
यही समूह सीबाट पानामाले अन्तिम ८ मा स्थान पक्का गरेको छ । बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गर्दै पानामाले अन्तिम ८ मा स्थान बनाएको हो ।
पानामले २२औं मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो । ६९ औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरेको थियो ।
तर, ७९ औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा अन्ततः ३–१ को जित पक्का गर्न सफल भयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
- ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’
- दसैँमा गाउँ नै रमाइलो….
- उत्तर कोरियाले बन्द गर्यो दक्षिण कोरियासँग जोडिएका सडक र रेलमार्ग
- मुस्ताङ यात्रा सकेपछि पुग्नैपर्ने ठाउँ तातोपानी
- डेङ्गुले लियो सात जनाको ज्यान
- आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी
- जोरपाटीमा पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुदैँ (भिडियोसहित)
- महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
- आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने