हिजो सोमबार समाप्त भएको आर्थिक वर्ष २०८०/८१ मा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा जम्मा १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन भएर सरकार करिब ४ खर्ब घाटामा गएको छ ।
२०८०/८१ को अन्तिम दिनसम्म आइपुग्दा बजेट खर्चमा पनि सरकारले ८० प्रतिशत मात्र कटाउन सकेको छ । ३१ असारसम्म १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार- कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत हो । भएको खर्चमध्ये चालु खर्च ८३.४३ प्रतिशत पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ ।
विकास बजेट अर्थात पूँजीगत खर्च भने झन निराशाजनक छ जुन ६३.४७ प्रतिशतमा सीमित छ । यसबाट सरकारले लिएको बजेटको लक्ष्य पुरा गर्न नसकेको स्पष्ट भएको छ ।
सो वर्ष सरकारको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट थियो ।
उक्त वर्षका लागि सरकारले कुल ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखेको थियो । ३१ असारसम्म ८३.४३ प्रतिशत खर्च भएको छ ।
यस वर्ष सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो । तर खर्च भने मात्र १ खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्र भएको छ । यसले सरकारले विकास बजेटमा ठूलो कटौती गरेको देखिन्छ ।
सार्वजनिक ऋणको साँवा भुक्तानी र संस्थानहरुमा लगानी गर्न छुट्याइएको ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँमध्ये असार मसान्तसम्म २ खर्ब ६४ अर्ब ६३ करोड खर्च भएको छ । यो लक्ष्यको ८६.०७ प्रतिशत मात्र हो । यसप्रकार यो आर्थिक वर्षमा सरकारले कुनै पनि शीर्षकमा लक्ष्य अनुसार खर्च गर्न नसकेको देखिएको छ ।
यस वर्ष वैदेशिक अनुदान मात्र २ अर्ब ७५ करोड प्राप्त भएको छ तर सरकारले ४९ अर्ब ९४ करोड अनुदान आउने अनुमान गरेको थियो ।
सरकारको आम्दानी र खर्चका बीचमा ३ खर्ब ५२ अर्ब ३२ करोड रुपैयाँको खाडल देखिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
