नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।
भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो । यस दु:खद् घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ ।
नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र नि:सन्देह रूपमा भर्त्सना गरेको थियो । “आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुन:पुष्टि गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ३ अर्ब ९० करोड लागतमा ३० मेगावाट आयोजना अघि बढ्यो
- सुन्तला म्याग्दीको प्रमुख नगदेबाली
- नेपालको बहादुरी: इङ्गल्यान्डविरुद्धको सनसनीपूर्ण भिडन्त
- २५ वर्षमा २६ लाख पर्यटकले रोजे अन्नपूर्ण
- फागुन २१ को निर्वाचनअघि मतदाता सचेतना अभियान
- सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
- वायु प्रदूषण अस्वस्थ तहमा
- प्रतिनिधिसभा निर्वाचन : आयोगले ९ प्रकारका सामग्री पठाउने
- कुष्ठरोग प्रभावितविरुद्ध विभेद अन्त्य गर्न कानुन सुधार आवश्यक
- फोक्सिङटार बेलिब्रिज सञ्चालनमा आएपछि घुमाउरो बाटोबाट मुक्ति