जुम्लाको गुठीचौर गाउँपालिका-१ का ४८० घरधुरी तीन महिनादेखि विद्युतविहित भएका छन् । यस वडामा रहेको अदालीखोला लघु जलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्ली कोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए।
गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्स मिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी-पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए ।
आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्स मिटर मर्मत गर्न नसकिएको बताए। गुठीचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले रु. तीन लाख विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताउनुभयो । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उनको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोरियन सहयोग नियोग पोखरा आएपछि बर्न हस्पिटलको सम्भाव्यता अध्ययन सुरु
- ट्रम्पको नयाँ ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम :१३ करोड नेपाली रुपैयाँ तिरे सीधै अमेरिकी नागरिक बन्न सकिने
- खाद्य कम्पनी तुलसीपुरद्वारा रु १ करोड ४५ लाखमा धान खरिद
- नेपाल प्रिमियर लिग दोस्रो संस्करण: फाइनलको लागि विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच खेल हुँदै
- आज अन्तर्राष्ट्रिय पर्वत दिवस
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रिमियर लिग: काठमाडौँलाई हराएर लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, फाइनलका लागि विराटनगरसँग भिड्ने
- मुस्ताङको साङ्ता गाउँ
- फागुन २१ को निर्वाचन नजिकिँदै: १०० दलले समानुपातिकमा निवेदन दर्ता
- बागलियो वर्षा, बलियो उत्पादन : बागलुङमा धान बढ्यो