काभा महिला भलिबल नेसन्स लिग आजदेखि शुरू हुँदैछ । साउन २३ गतेसम्म हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलिने छ ।
शुरूका दुई संस्करणको विजेता नेपालले तेस्रोपटक उपाधि जित्ने लक्ष्यअन्तर्गत उद्घाटन खेलमा श्रीलङ्काको सामना गर्दै छ । नेपालले साउन १९ गते भारत साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ ।
प्रतियोगितामा नेपाल, श्रीलङ्कासहित इरान, भारत र माल्दिभ्सको पनि सहभागिता रहेको छ ।
सेन्ट्रल एसियाका राष्ट्रको सहभागिता रहने प्रतियोगितामा भारत उपाधि रक्षा अभियानमा रहने छ । सन् २०१९/२०२१ मा बङ्गलादेशमा आयोजना भएको काभा वुमन्स नेसन्स लिगमा नेपाल च्याम्पियन भएको थियो ।
राउन्ड रोविन लिगपछि अंक तालिकामा पहिलो र चौथो तथा दोस्रो तेस्रो स्थानमा रहने टिमबीच सेमिफाइनल खेलिने छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण
- हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
- पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
- खानै नहुने मात्रामा विषादीको अवशेष तरकारीमा फेला
- तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’ पर्यटकको पर्खाइमा
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
