बङ्लादेशमा जनविद्रोह: प्रधानमन्त्री हसिनाले त्यागिन सत्ता, छोडिन् देश

बङ्गलादेशमा जारी विभेद विरुद्धको विद्यार्थी आन्दोलन हिजो एकाएक जनविद्रोहमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले सत्ता त्यागका साथै निवास (गोनो भवन)समेत छोडी हिँडेकी छन् । उनी भारतको कोलकत्तातर्फ लागेको समाचार एजेन्सीहरूले अनुमान गरेका छन् ।

आज दिउँसो १५ सय भन्दा बढी प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास कब्जामा लिएका छन् भने लाखौँ प्रदर्शनकारीहरू देशका विभिन्न भागबाट ‘ढाका चलो’ अभियानमा राजधानीमा जम्मा भइरहेका छन् ।

विद्यार्थी आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा नभई आन्दोलन परित्याग नगर्ने घोषणा गरेर हिजोबाट एकाएक जनविद्रोहको अवस्था सिर्जना गरेका थिए । प्रधानमन्त्रीले सत्ता छोडेर हिँडेपछि बङ्गलादेश सेना प्रमुखले अहिले केही बेरमा देशवासीलाई सम्बोधन गर्ने र विपक्षी राजनीतिक दलहरूलाई बैठकका लागि आह्वान गरेका छन् ।

बङ्गलादेश यति बेला अकल्पनीय राजनीतिक सङ्कटको भुमरीमा परेको छ । केही हप्ता अगाडि देखि विद्यार्थीहरू आरक्षण व्यवस्था विरुद्ध आन्दोलनमा आएका थिए । प्रधान्त्रीले सत्ता छोडेर हिँडेपनि केही दिनदेखि अवरुद्ध रहेको इन्टरनेट सेवा अझै सुचारु नभएको ढाकाबाट आर्टिकल १९ का क्षेत्रीय निर्देशक शहनेवाजले स्वतन्त्र समाचारलाई बताएका छन् । बङ्लादेशमा विगत एक महिना यता प्रदर्शनका क्रममा भएको दमनमा चार पत्रकारसहित २५० भन्दा बढी प्रदर्शनकारीहरु मारिएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link