दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। विमानमा सवार १८१ जनामध्ये दुई जनाको जीवितै उद्धार गरिएको थियो। उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन्।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ। उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएको छ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए। उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन। तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।
विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सन् २०२५ को स्वागतमा विश्वभर गरिएका आतिशबाजीका केहि झलकहरु
- सन् २०२५ को सुरुवात
- ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
- खेर गएको पातपतिङ्गरबाट गाउँपालिकाले जैविक मल उत्पादन गर्दै
- मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु
- आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- पेन्टागनको अपिल खारेज, आरोपीहरु मृत्युदण्डबाट उम्किन सक्ने
- उत्तगरगयाधाम वेत्रावती : हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र
- रोशीका बाह्र सय विपद् प्रभावितलाई आर्थिक सहयोग
- बीपीको सम्झनासहित आज मेलमिलाप दिवस मनाइँदै