एक दशकपछि कै भारी हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावितत भएको छ । लाखौं अमेरिकीहरु एक विशाल हिमआँधीको चपेटामा पर्ने अनुमान समेत गरिएको छ ।
हिमपातका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । सेन्ट लुइस र मिसौरी हुवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमान समेत गरिएको छ ।
केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरी राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । केन्टुकीस्थित मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका दृष्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।
देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।
पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
