क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्। ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
जस्टिन ट्रुडोले सोमबार बिहान (स्थानीय समय अनुसार) पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै भने, ‘प्रत्येक दिन प्रधानमन्त्रीको रूपमा सेवा गर्न पाउनु सम्मानको कुरा हो। हामीले महामारीको समयमा सेवा गर्यौं, बलियो लोकतन्त्रको लागि काम गर्यौं, राम्रो व्यापारको लागि काम गर्यौं। तिमी सबैलाई थाहा छ म लडाकु हुँ।’
विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला र माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले ट्रुडोको राजीनामाप्रति प्रतिक्रिया दिएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
